जङ्गीपुरमा भागीरथी नदीबाट तृणमूलका बूथ एजेन्टको शव उद्धार
जङ्गीपुरमा भागीरथी नदीबाट तृणमूलका बूथ एजेन्टको शव उद्धार


मुर्शिदाबाद, 27 अप्रेल (हि. स.)। जङ्गीपुरमा सोमवार बिहान एकजना तृणमूल कङ्ग्रेसका बूथ एजेन्टको शव भेटियो। यस घटनाले क्षेत्रमा खैलाबैला मचायो। बैकुण्ठपुर गाउँको छेउमा भागीरथी नदीमा एकजना प्रौढ़ व्यक्तिको शव तैरिरहेको देखियो।

पछि ललगोला ब्लककी तृणमूल महिला समितिकी अध्यक्ष हसिना बानोले शवको पहिचान आफ्ना पति नाजिर शेखको रूपमा गरिन्। हसिना बानोले बताइन्, चुनाउको दिन उनी र उनका पति दुवै नै तृणमूल कङ्ग्रेसका बूथ एजेन्ट थिए।

उनले अझ बताए अनुसार गए आइतवार अपरान्ह नाजिर शेख साथीहरूले बोलाएका कारणले घरबाट गएका थिए। तर त्यसपछि उनी घर फर्केननन्। हसिना बानोको दाबी छ, गए आइतवार साँझ लगभग 5 बजेदेखि सोमवार बिहानसम्म लगातार फोन गरियो, तर नाजिरको फोन बन्द थियो।

सोमवार बिहान बैकुण्ठपुर गाउँको छेउमा भागीरखी नदीमा नाजिर शेखको शव तैरिरहेको भेटियो। पुलिसले शवलाई पोस्टमर्टम गर्नको लागि जङ्गीपुर अस्पतालमा पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande