
गुवाहाटी, 27 अप्रेल (हि.स.)। राजधानी गुवाहाटीको मठघरिया क्षेत्रमा गए आइतवार बिहान सबेरै भएको भीषण सड़क दुर्घटनाको जाँचको जिम्मा अब नूनमाटी पुलिसलाई सुम्पिइएको छ। उल्लेखनीय छ, यस दुर्घटनामा तीनजना युवतीहरूको मृत्यु भएको थियो।
प्राप्त जानकारी अनुसार यस मामिलाको प्रारम्भिक जाँच ट्राफिक पुलिसद्वारा गरिँदैथ्यो जसलाई अब औपचारिक रूपमा नूनमाटी थानालाई हस्तान्तरित गरिएको छ ताकि घटनाको विस्तृत जाँच गर्न सकियोस्।
उल्लेखनीय छ, गए आइतवार बिहान मठघरिया क्षेत्रमा एउटा द्रूत गतिको वाहनले सड़क किनारमा खड़ा ट्रकलाई पछिबाट ठक्कर दिएको थियो जसले गर्दा वाहनमा सवार तीनजना युवतीहरूको घटनास्थलमै मृत्यु भएको थियो। यस घटनापछि शहरमा सड़क सुरक्षालाई लिएर चिन्ता बढ़ेको छ।
पुलिस सूत्र अनुसार मामिलाको जाँच भइरहेको छ र भगौड़ा चालकलाई खोज्नको साथै दुर्घटनाका सबै पाटो र पक्षहरूको गहन जाँच गरिँदैछ। सड़क किनारमा ट्रक राखेर ट्रकभित्र सुतिरहेका चालक सुभाष पाटरलाई पनि आज पक्राउ गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा