त्रिपुराः तिपरा मोथाका 24 जना एमडीसी पार्षदहरूको शपथ ग्रहण सम्पन्न
त्रिपुराः तिपरा मोथाका 24 जना एमडीसी पार्षदहरूको शपथ ग्रहण सम्पन्न


- प्रद्योत देव बर्माले नयाँ त्रिपुराको लागि युवा, स्वास्थ्य एवं शिक्षालाी प्राथमिकता दिने अपील गरे

अगरतला, 27 अप्रेल (हि.स.)। तिपरा मोथा पार्टी (टीएमपी)- का संस्थापक प्रद्योत किशोर माणिक्य देव बर्माले सोमवार भने, एउटा नयाँ त्रिपुरा तथा नयाँ भारत निर्माण भइरहेको छ, यदि युवा, स्वास्थ्य, शिक्षा एवं अवसरहरूलाई प्राथमिकता नदिइए सम्पूर्ण समाजलाई नोक्सान हुनेछ जसबाट राज्य अनि राष्ट्रलाई पनि नोक्सान हुनेछ।

प्रद्योतले आज त्रिपुरा जनजातीय क्षेत्र स्वायत्त जिल्ला परिषदका नव-निर्वाचित जिल्ला परिषदका सदस्य (एमडीसी)-हरूको शपथ ग्रहण समारोहमा सामेल भएपछि उपरोक्त मन्तव्य व्यक्त गरे।

आज तिपरा मोथा पार्टीका 24 जना नव-निर्वाचित एमडीसीहरूले शपथ ग्रहण गरे जसलाई विधि सचिव शङ्करी दासले शपथ दिलाइन् भने भाजपाका 4 जना एमडीसीएमले शपथ ग्रहण समारोहलाई बहिष्कार गरे। पछि प्रद्योतले भने, हरेक व्यक्तिले व्यवस्था परिपर्तन तथा त्यसको विकास अनि प्रगतिको लागि काम गर्न आवश्यक छ। सबैभन्दा पहिला हामीले आफ्नो सोच परिवर्तन गर्नुपर्छ।

उनले भने, एक नयाँ त्रिपुरा र एक नयाँ भारत निर्माण भइरहेको छ। यदि हामीले युवा, स्वास्थ्य, शिक्षा एवं अवसरहरूलाई प्राथमिकता दिएनौं भने सिङ्गो समाज, राज्य अनि राष्ट्रलाई पनि नोक्सान पुग्नेछ। म यस्तो प्रशासन चाहन्छु जुन अगाड़ि बढ़ोस् अनि आफ्नो मर्जीले काम नगरोस्। प्रद्योतले भने, व्यापक परिवर्तन तथा सुधार हुन आवश्यक छ, किनभने उनलाई अनुभूति भएको छ कि व्यवस्था परिवर्तन गर्नु मात्र पर्याप्त छैन जबकि हामीले अन्य परिवर्तन पनिल्याउनुपर्छ।

उनले भारत सरकारसित पनि अपील गरे, टीटीएएडीसी बिना त्रिपुराको विकास सम्भव छैन, त्यसैले चुनाउ सिद्धिएकोले टीटीएडीसीका मानिसहरूको विकासको लागि हामीले काम गर्न अत्यन्त आवश्यक भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande