मणिपुरमा हतियार, विस्फोट तथा नशालु पदार्थ जफत, तस्कर पक्राउ
मणिपुरमा हतियार, विस्फोट तथा नशालु पदार्थ जफत, तस्कर पक्राउ


इम्फाल, 30 अप्रेल (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूद्वारा बितेको 24 घण्टाभित्रमा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा ठूलो सफलता हासिल गरिएको छ। मणिपुर पुलिसले बिहीवार बताए अनुसार सुरक्षा बलहरूले चँदेल जिल्लाको जिल्लाको मोलचाम थाना अन्तर्गत खङ्गतुङ्ग ग्रामीण क्षेत्रमा अभियान सञ्चालन गरी भारी मात्रामा हतियार, विस्फोटक औ सञ्चार उपकरण जफत गरेका छन्।

जफत गरिएका सामग्रीहरूमा एउटा 7.62 के-09 असल्ट राइफल म्यागजिन सहित, चार वटा सिङ्गल बोर राइफल, एउटा मौजर स्टाइल स्पोर्टिङ्ग राइफल, एउटा शटगन, एउटा सब मशिन गन (एसएमजी) म्यागजिन सहित, एउटा पिस्टल म्यागजिन सहित, चार वटा पोम्पिस, तीन वटा ग्रेनेड र तीन वटा डेटोनेटर, पाँच वटा बाओफेङ्ग रेडियो सेट, विभिन्न क्यालिबरको 28 राउण्ड जिउँदो कारतूस तथा पाँच वटा 12 बोर कारतूस सामेल छन्।

यसरी नै अर्को अभियानमा तेङ्गनौपाल जिल्लाको तेङ्गनौपाल थाना अन्तर्गत तेङ्गनौपाल आईभीआर क्षेत्रबाट सुरक्षा बलहरूले नशालु पदार्थ र एउटा वाहनलाई जफत गरे। जफत सामग्रीहरूमा 0.078 ग्राम ब्राउन शुगर भरिएका दुई वटा साबुन केस, 12 किलोग्राम वाईवाई ट्याबलेटको 10 वटा प्लास्टिक प्याकेट तथा एउटा चार चक्के वाहन सामेल छन्।

यसबीच सुरक्षा बलहरूले बिष्णुपुर जिल्लाको उपोकपी मयाई लैकाई क्षेत्रबाट एनआरएफएमका सक्रिय क्याडर औ हतियार तस्कर ख्वैराकपम दोरेन सिंह (42)-लाई पक्राउ गरे भने उसको कब्जाबाट एउटा मोबाइल फोन र सिम कार्ड जफत गरिएको छ। अधिकारीहरूले बताए, मामिलाको अग्रिम जाँच भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande