
सिलगढ़ी, 30 अप्रेल (हि. स.)। सिलगढ़ी जङ्क्शन ट्राफिक गार्डले एकजना अनाथ नाबालिकालाई कथित रूपमा यौन पल्लीमा लैजाने षड़यन्त्रलाई असफल बनाइदियो। पुलिसले कारबाही गर्दै नाबालिकालाई सुरक्षित शेल्टर होममा पठाइदियो।
जानकारी अनुसार लगभग 15 वर्षीय नाबालिका बिहारको कटिहारस्थित एक अनाथ आश्रमबाट असम जानकोलागि सिलगढ़ी जङ्क्शन आइपुगेकी थिई। यसै अवधि संदिग्ध दलालहरूको नजर उमाथि पऱ्यो अनि उसलाई फकाई-फुस्लाई सात नम्बर वार्डस्थित यौन पल्लीमा लैजाने प्रयास गरियो।
आरोप छ, एकजना टोटो चालकले नाबालिकलाई अनाथ आश्रममा पुऱ्याउने बताएर आफूसित लिेर गइरहेको थियो। यो देखेर स्थानीय एकजना व्यक्तिलाई शङ्का लाग्यो अनि तुरून्तै जङ्क्शन ट्राफिक गार्डलाई सूचना दिेए
सूचना पाएर पुलिसले तुरून्तै कारबाही गर्दै उक्त नबालाकिकालाई सुरक्षित उद्धार गऱ्यो भने आरोपी चालक घटनास्थलबाट भाग्यो। हाल नाबालिकालाई दार्जीलिङ डिस्ट्रिक्ट लीगल एड फोरमलाई सुम्पिइएको छ।
फोरमका अध्यक्ष अमित सरकारले पश्चिम बङ्गाल शिशु सुरक्षा आयोगसित सम्पर्क गरी प्रधान नगर थानाको सहयोगमा नाबालिकालाई सुरक्षित शेल्टर होममा पुुऱ्याए। अग्रिम प्रक्रियाको लागि नाबालिकालाई चाइल्ड वेलफेयर कमिटी समक्ष पेश गरिनेछ। हाल पुलिस भगौड़ा आरोपीको खोजीमा जुटेको छ। साथै सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा