उधारो लिएको पैसा फिर्ता नगर्दा भयो हत्या, पुलिसले गऱ्यो खुलासा
उधारो लिएको पैसा फिर्ता नगर्दा भयो हत्या, पुलिसले गऱ्यो खुलासा


कानपुर देहात, 30 अप्रेल (हि.स.)। उत्तर प्रदेशको कानपुर देहात जिल्लाको रसुलाबाद थाना क्षेत्रमा बेटिंग ऋण लेनदेनको सम्बन्धमा असद हुसेनको हत्या गरेको आरोपमा हिजो दुई संदिग्धहरूलाई पक्राउ गरिएको छ। पुलिस सोधपुछको क्रममा अभियुक्तहरूले असदसँग आर्थिक विवाद भएको खुलासा गरे। आईपीएल सट्टेबाजीको यो विवाद यति बढ्यो कि उनीहरूले असदको हत्या गर्ने योजना बनाए।

घटनाको दिन अभियुक्तहरूले असद हुसेनलाई आफूसँगै लगेर रक्सी खुवाए। त्यसपछि उनीहरूले उनको घाँटी थिचेर हत्या गरे र काँचको बोतलले प्रहार गरे। एक खबरीको सूचनाको आधारमा रसूलाबाद पुलिसले रसुलाबाद-बिल्हौर रोडको बटपारु गाउँको मोडबाट दुई संदिग्धहरूलाई पक्राउ गरेको छ। पक्रा परेका संदिग्धहरूको पहिचान रसुलाबादको कबीर नगर निवासी शहनाज उर्फ जेके उर्फ मुन्ना (21) र सरताज (20) को रूपमा गरिएको छ। सर्कल अफिसर रसुलाबाद आलोक कुमारले घटना लगत्तै थानाले अभियुक्तको खोजी शुरु गरेको बताए। सूचना दिने व्यक्तिको जानकारीमा दुवै अभियुक्तहरूलाई बुधवार अबेर राति पक्राउ गरियो र बिहिवार अदालतमा पेश गरियो।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande