लद्दाखमा 4.1 तीव्रताको भूकम्प, लेहमा थियो केन्द्र
लद्दाखमा 4.1 तीव्रताको भूकम्प, लेहमा थियो केन्द्र


लेह, 30 अप्रेल (हि.स.)। बिहिवार लद्दाखमा 4.1 तीव्रताको भूकम्प गयो। भूकम्पको केन्द्रबिन्दु लेहमा थियो र यो 03:54:49 भारतीय समय अनुसार रेकर्ड गरियो।

राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) अनुसार, बिहिवार बिहान 3.45 बजी भूकम्प आएको थियो। भूकम्पको परिमाण रिक्टर स्केलमा 4.1 थियो। भूकम्प 150 किलोमिटर गहिराइमा आएको थियो, जसको केन्द्रबिन्दु लेह, लद्दाखमा 36.722 उत्तर अक्षांश र 74.456 पूर्व देशान्तरमा रहेको थियो। भूकम्पका कारण कुनै क्षति भएको छैन।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande