गोर्खा विधायकहरुको पाँच पाण्डवलाई दिशा निर्देशन गर्ने श्रीकृष्णजी जस्तै सांसद छन्: सञ्जीव लामा
सञ्जीव लामा


खरसाङ, 19 मई (हि.स.)। 'यो जीत भाजपा र गठबन्धन दलको मात्र होइन, तर सम्पूर्ण जनताको जीत हो। यो जीत सबैको परिश्रमको फल हो। यो जीत जनतालाई समर्पित छ। यो जीत कुनै निर्दिष्ट पार्टीको होइन, तर सम्पूर्ण जनताको जीत हो।' उक्त कुरा भारतीय जनता पार्टीको दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले आज खरसाङमा आयोजित विजय उत्सव ऱ्यालीपछि खरसाङको मोटर स्ट्याण्डमा एक पथसभालाई सम्बोधन गर्दै भनेका हुन्।

उनले आफ्नो सम्बोधनमा भने, 'यसपाली श्रीकृष्णले पाँच पाण्डवको फौज तयार पारेका छन्। पहाडको तीनवटा सिटहरु मात्रै होइन, तर डुवर्सको दुईजना लगाएर पाँचजना गोर्खा विधायकहरु सदनमा पुगेका छन्। अब गोर्खाको दु:खको समय गए। पाँच पाण्डवलाई दिशा निर्देशन गर्ने श्रीकृष्णजी जस्तै सांसद छन्। अब जनताले न्याय पाउनेछन्।'

भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले अझ भने, 'हाम्रो सरकारमा जे गर्दा पनि हुन्छ भनेर हुँदैन। सबैले कानुनको अनुपालन गर्नुपर्छ। हाम्रो क्षेत्रको आम जनताको बुनियादी सुविधाको लागि काम गर्नुपर्छ।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande