राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कारले सम्मनित मधुमाला गुरुङले राज्यपाललाई भेटिन्
राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कारले सम्मनित मधुमाला गुरुङले राज्यपाललाई भेटिन्


गान्तोक, 19 मई (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरसॅंग आज लोकभवनमा पाकिम जिल्ला अन्तर्गत रम्फू प्राथमिक स्वास्थ्य केन्द्रकी वरिष्ठ एएनएम मधुमाला गुरुङले शिष्टाचार भेट गरिन्। उनी हालैमा नयॉं दिल्लीको राष्ट्रपति भवनमा राष्ट्रपति द्रौपदी मुर्मुको बाहुलीद्वारा राष्ट्रिय फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार 2026 ले सम्मानित बनेकी छन्।

राज्यपाल माथुरले एएनएम गुरुङलाई उनको उल्लेखनीय उपलब्धिको लागि हार्दिक बधाई दिए। उनले श्रीमती गुरुङको स्वास्थ्य सेवाको क्षेत्रमा 38 वर्षको समर्पित सेवाको सराहना गरे।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande