मतगणना प्रक्रियालाई लिएर मालदामा सर्वदीलय बैठक, प्रशासनको कड़ा सन्देश
मतगणना प्रक्रियालाई लिएर मालदामा सर्वदीलय बैठक, प्रशासनको कड़ा सन्देश


मालदा, 02 मई (हि.स.)। चुनाउपछि मतगणना केन्द्रहरूको सुरक्षा एवं नियमहरूलाई लिएर शनिवार मालदामा जिल्ला प्रशासन तथा पुलिसको पक्षबाट सर्वदलीय बैठक आयोजना गरियो। जिल्ला प्रशासनिक भवनमा आयोजित सो बैठकमा जिल्लाधिकारी राजनबीर सिंह कपूर एवं पुलिस अधीक्षक अनुपम सिंह सहित केही वरिष्ठ अधिकारीहरू उपस्थित थिए। यसको साथै विभिन्न राजनीतिक दलहरूका प्रतिनिधिहरू पनि बैठकमा उपस्थित थिए।

बैठकमा मालदाका दुई मतगणना केन्द्रहरू क्रमैले मालदा कलेज एवं पोलिटेक्निक कलेजसित सम्बन्धित महत्वपूर्ण गाइडलाइन्स साझा गरियो।

प्रशासन अनुसार मालदा कलेजमा पाँच वटा अनि पोलिटेक्निक केन्द्रमा सात वटा विधानसभा क्षेत्रहरूको मतगणना हुनेछ।

निर्देश दिइयो, बिहान 7 बजेभित्रमा सबै राजनीतिक दलहरूका प्रतिनिधिहरू निर्धारित प्रवेश द्वारबाटै केन्द्रमा प्रवेश गर्नुपर्छ। प्रवेश गर्दा चुनाउ आयोगद्वारा जारी पहिचान पत्र र आवश्यक दस्तावेज देखाउनु अनिवार्य हुनेछ।

बैठक अवधि ड्रोनबाट कैद गरिएका तस्वीरहरूलाई ठूलो पर्दामा देखाएर प्रवेश अनि निकास व्यवस्था बारे बुझाइयो। प्रशासनले पार्किङ्ग, शौचालय सहित अन्य आवश्यक सुविधाहरूको व्यवस्था गरेको जानकारी पनि बैठकमा गराइयो।

जिल्लाधिकारी तथा पुलिस अधीक्षकले स्पष्ट पारे, मतगणनापछि कुनै पनि प्रकारको हिंसा वा अशान्तिलाई सहन गरिनेछैन। सम्पूर्ण जिल्लाभरि नै कड़ा निगरानी राखिनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande