
शिमला, 02 मई (हि.स.)। शिमला जिल्लाको ठियोग थाना क्षेत्रमा एक विवाहित महिलासित बलात्कार भएको घटना प्रकाशमा आएको छ। पीड़िताले स्थानीय युवकमाथि बलात्कारको आरोप लगाएकी छन्।
महिलाले ठियोग थानामा उजुरी दिएकी छिन्। उजुरीमा उनले तहसील ठियोगको कनाशी गाउँ निवासी अशोक कुमारले उनीसित बलजफ्ती यौन सम्बन्ध बनाएको आरोप लगाएकी छन्।
एक पुलिस अधिकारीले बताए, भारतीय दण्ड संहिताको धारा 64 अन्तर्गत आरोपी विरुद्ध मुद्दा दर्ता गरिएको छ र कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी