ममता ब्यानर्जीको विदाई निश्चित छः राजू बिष्ट
ममता ब्यानर्जीको विदाई निश्चित छः राजू बिष्ट


सिलगड़ी, 02 मई (हि.स.)। पश्चिम बङ्गाल चुनाउको परिणाम सम्बन्धि भारतीय जनता पार्टी (भाजपा)-का सांसद राजू बिष्टले एउटा महत्वपूर्ण बयान दिएका छन्। उनले भने, राज्यका जनताले तृणमूल कङ्ग्रेसलाई नकारिसकेका छन्, त्यसैले अब मुख्यमन्त्री ममता ब्यानर्जीको विदाई निश्चित छ।

शनिवार दिइएको बयानमा सांसद बिष्टले आरोप लगाए, ममता ब्यानर्जी निःराश भएर कहिले उच्च अदालत त कहिले उच्चतम अदालतको शरणमा गइरहेकी छन्।

जनप्रतिनिधित्व कानूनको धारा 19 ए- को आधारमा भाजपा सांसदले भने, चुनाउ घोषणा भएपछि त्यसलाई सञ्चालन गर्ने जिम्मेवारी पूर्ण रूपमा चुनाउ आयोगको हुन्छ। बिष्टले दाबी गरे, यसपालि चुनाउ आयोगले स्वतन्त्र एवं निष्पक्ष ढङ्गमा चुनाउ गराइरहेको छ। उनले भने, पहिलाको तुलनामा यसपालि चुनावी हिंसा धेरै कम भएको छ। आयोगले सबै कर्मीहरूलाई सुधार्दै सफलतापूर्वक चुनाउ प्रक्रियालाई सम्हालेको छ। साथै उनले आरोप लगाए, परास्त हुने आशङ्काले तृणमूल कङ्ग्रेसका नेताले आफ्नो भाषाको मर्यादा गुमाइरहेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande