यूसीसीको माध्यमबाट बहुविवाह र बाल विवाहमा रोक लाग्नेछ : अतुल बोरा
यूसीसीको माध्यमबाट बहुविवाह र बाल विवाहमा रोक लाग्नेछ : अतुल बोरा


गुवाहाटी, 25 मई, (हि.स.)। असम सरकारका मन्त्री अतुल बोराले सोमवार विधानसभामा समान नागरिक संहिता (यूसीसी) विधेयक पेश गर्दै भने, यस कानूनको माध्यमबाट राज्यमा बहुविवाह र बाल विवाह जस्ता प्रथाहरूमाथि रोक लाग्नेछ। उनले भने, छोरीहरूलाई सम्पत्तिमा समान अधिकार पनि सुनिश्चित हुनेछ।

विधानसभामा विधेयक पेश गर्दै मन्त्रीले भने, यूसीसी लागू हुनसाथ राज्यका महिलाहरूले न्याय पाउने बाटो अझ मजबुत हुनेछ। उनले दाबी गरे, यो कानून महिलाहरूलाई समान अधिकार औ कानूनी सुरक्षा प्रदान गर्ने दिशामा महत्वपूर्ण कदम साबित हुनेछ।

मन्त्रीले लिभ-इन रिलेशनशिपलाई लिएर प्रस्तावित नयाँ नियमको बारेमा पनि जानकारी गराए। उनले भने, यदि कुनै युवकले लिभ-इन रिलेशनमा रहेपछि युवतीलाई उसको सहमति बिना छोड़्छ भने उसले भरण-पोषण दिनुपर्छ। उनले स्पष्ट पारे, लिभ इन रिलेशनशिपबाट जन्मेका सन्तानलाई वैध मानिनेछ। यसको साथै यस्तो सम्बन्धमा बस्ने जोड़ीहरूको लागि केही कानूनी नियम तथा जिम्मेवारीहरू पालन गर्नु अनिवार्य हुनेछ।

राज्यमा यूसीसी विधेयक पेश भएपछि राजनीतिक तथा सामाजिक जगतमा नयाँ बहस शुरू भएको छ भने यसका विभिन्न प्रावधानहरूलाई लिएर चर्चा चुलिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande