एमसीडीको सदन अगावै कङ्ग्रेस र आआपको प्रदर्शन, नीट पेपर लीक मामिलामा धर्मेन्द्र प्रधानको राजीनामाको माग
एमसीडीको सदन अगावै कङ्ग्रेस र आआपको प्रदर्शन, नीट पेपर लीक मामिलामा धर्मेन्द्र प्रधानको राजीनामाको माग


नयाँ दिल्ली, 25 मई (हि.स.)। दिल्ली नगरनिगम (एमसीडी) को सोमवार आयोजित साधारण सभा शुरु हुन अगावै कंङ्ग्रेस र आम आदमी पार्टी (आआपा) का पार्षदहरूले केन्द्रिय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागमा प्रदर्शन गरे।

दुवै पार्टीले नीट प्रश्न पत्र लीक मामिलामा केन्द्र सरकारको विरोधमा नाराबाजी गरे अनि सदन परिसरमा प्रदर्शन गरे। कङ्ग्रेस पार्षदहरूले विरोध व्यक्त गर्नका लागि मेलोडी चकलेटको माला लगाएर प्रदर्शन गरे भने आआपका पार्षदहरू पोस्टर अनि ब्यानर लिएर सदनमा पुगे।

विरोध प्रदर्शनको कारणले सदनको कारबाही शुरू हुनसाथ बाधित भयो जसले गर्दा बैठकलाई लगभग 15 मिनटसम्मको लागि स्थगित गर्नुपऱ्यो।

विपक्षी दलहरूले आरोप लगाए, नीट परीक्षामा भएको कथित गड़बड़ी तथा प्रश्न पत्र लीक मामिलाले देशभरिकै विद्यार्थी अनि अभिभावकहरूको भरोसालाई कमजोर बनाएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande