
नयाँ दिल्ली, 25 मई (हि.स.)। दिल्ली सरकारको ‘मेट्रो मण्डे’ अभियान अन्तर्गत दिल्ली विधानसभाका अध्यक्ष विजेन्द्र गुप्ता आज तिलक मार्गस्थित आफ्नो घरदेखि दिल्ली विधानसभासम्म दिल्ली मेट्रोमा यात्रा गरेर पुगे। सुप्रीम कोर्ट मेट्रो स्टेशनदेखि आफ्नो यात्रा प्रारम्भ गर्दै विधानसभा अध्यक्ष गुप्ताले यात्रीहरूसित बातचित पनि गरे तथा दैनिक जीवनमा पर्यावरण-अनुकूल परिवहन साधनहरूलाई अप्नाउने महत्वमाथि बल दिए। यस आशयको जानकारी एक प्रेस विज्ञप्ति मार्फत दिइएको छ।
विजेन्द्र गुप्ताले राजीव चौक मेट्रो स्टेशनमा पुगेपछि अर्को मेट्रोमा सवार भएर विधानसभा मेट्रो स्टेशनसम्म यात्रा गरी दिल्ली विधानसभामा पुगे। उनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको इन्धन संरक्षण गर्ने आह्वानबाट प्रेरित यो पहलले नागरिकहरूलाई सार्वजनिक परिवहन अप्नाउन तथा इन्धन बचाउनको लागि प्रोत्साहित गर्नेछ। राष्ट्रिय राजधानीमा दिगो गतिशीलतालाई प्रेरित गर्न, यातायातको भीड़लाई कम गर्न तथा पर्यावरण संरक्षणप्रति जनसहभागितालाई सशक्त बनाउन पनि यस पहलको उद्देश्य हो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा