
गान्तोक, 25 मई (हि.स.)। भारत देशकी राष्ट्रपति द्रौपदी मुर्मू आफ्नो तीन दिवसीय आधिकारिक भ्रमणका लागि मंगलवार सिक्किम आइरहेकी छन्। आफ्नो भ्रमण अवधि राष्ट्रपति सिक्किम केन्द्रिय विश्वविद्यालयको दीक्षान्त समारोहमा सामेल हुनेछन् भने सिक्किम पुलिसको प्रेसिडेन्ट कलर अलङ्करण समारोहमा पनि सामेल हुनेछन्।
राष्ट्रपति द्रौपदी मुर्मू भोलि, 26 मईका दिन तीन दिवसीय भ्रमणमा सिक्किम आइरहेकी छन्। राष्ट्रपतिको भ्रमणलाई लिएर राजधानीमा व्यापक तयारी गरिएको छ भने सुरक्षाको कड़ा बन्दोबस्त गरिएको छ। उनी हेलीकप्टरमा राजधानी छेउ लिबिङस्थित भारतीय सेनाको हेलीप्याडमा अवतरण गर्नेछन् र लोकभवन प्रस्थान गर्नेछन्।
राष्ट्रपति मुर्मूले 27 मई, 2026 का दिन सिक्किम केन्द्रिय विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा भाग लिनेछन्। विश्वविद्यालयका रजिस्ट्रारले आज जारी प्रेस विज्ञप्तिमा भने, राष्ट्रपति तथा सिक्किम केन्द्रिय विश्वविद्यालयकी भिजिटर द्रौपदी मुर्मू विश्वविद्यालयको सातौं दीक्षान्त समारोहमा मुख्य अतिथिका रूपमा उपस्थित हुनेछन्। समारोहमा सिक्किमका राज्यपाल तथा विश्वविद्यालयका चीफ रेक्टर ओमप्रकाश माथुर र मुख्यमन्त्री प्रेमसिंह तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित रहनेछन्।
रजिस्ट्रारका अनुसार, दीक्षान्त समारोहमा 13,782 डिग्री प्रदान गरिने छ। यसमा 2023, 2024 र 2025 शैक्षिक वर्षका लागि विश्वविद्यालयका छवटा स्कूल अफ् स्टडीज र 18 सम्बद्ध कलेजहरू अन्तर्गत आयोजित ३३ विभागहरूमा स्नातक, स्नातकोत्तर, एम.फिल र पीएच.डी कार्यक्रमका विद्यार्थीहरूलाई प्रदान गरिने डिग्रीहरू समावेश छन्। उत्कृष्ट शैक्षिक प्रदर्शनलाई मान्यता दिॅंदै 285 मेधावी विद्यार्थीहरूले स्वर्ण र रजत पदक प्राप्त गर्नेछन्, जसमध्ये १९९ प्राप्तकर्ताहरू महिला विद्यार्थीहरू छन्। यस अतिरिक्त, नौ विशेष पदकहरू पनि दीक्षान्त समारोहमा प्रदान गरिनेछ।
यसैगरी, 28 मईका दिन राष्ट्रपतिले सिक्किम पुलिसको प्रेसिडेन्ट कलर अलङ्करण समारोहमा पनि भाग लिनेछन्। समारोह राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुनेछ। यस अतिरिक्त, राष्ट्रपति भारत-चीन सीमा क्षेत्र नथुला भ्रमणमा पनि जाने कार्यक्रम रहेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल