प्रधानमन्त्रीकी दिवङ्गत आमामाथि आपत्तिजनक टिप्पणी, आरोपी पक्राउ
प्रधानमन्त्रीकी दिवङ्गत आमामाथि आपत्तिजनक टिप्पणी, आरोपी पक्राउ


सिलगढ़ी, 25 मई (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीकी दिवङ्गत आमामाथि गरिएको कथित आपत्तिजनक टिप्पणीलाई लिएर पश्चिम बङ्गालको खोरीबाड़ी क्षेत्रमा विवाद उत्पन्न भएको छ। भाजपा नेताहरूले यस मामिलामा खोरीबाड़ी थानामा लिखित सिकायत दर्ता गराएपछि बितेको आइतवार राती पुलिसले आरोपीलाई पक्राउ गरेको छ।

भाजपा अनुसार बिन्नाबाड़ी पञ्चायत अन्तर्गत देवीगञ्ज निवासी मुन्ना सिंहले सोशल मीडियामा जारी एउटा भीडियोमा प्रधानमन्त्री र उनकी दिवङ्गत आमामाथि कथित रूपमा अभद्र टिप्पणी गरेको थियो। भीडियो भाइरल भएपछि क्षेत्रमा असन्तुष्टि फैलियो।

भाजपाका सिलगढ़ी सङगठनात्मक जिल्ला सचिव अनिल कुमार राय सहित केही नेता तथा कार्यकर्ताहरूले आरोपीविरूद्ध कड़ा कानूनी कारबाही गर्ने माग गरे।

पुलिस सूत्रले बताए मुताविक सिकायतको आधारमा मुख्य आरोपी मुन्ना सिंहलाई पक्राउ गरिएको छ। साथै उसको एकजना सहयोगीलाई पनि हिरासतमा लिइएको छ। दुवै आरोपीलाई सोमवार सिलगढ़ी महकुमा अदालतमा पेश गरिनेछ।

भाजपा नेताहरूको सिकायतपछि पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande