मुख्यमन्त्री शुभन्दु अधिकारीको ‘जनता दरबार’-मा नोकरीका उम्मेद्वारहरूको भीड़ उर्लियो
मुख्यमन्त्री शुभन्दु अधिकारीको ‘जनता दरबार’-मा नोकरीका उम्मेद्वारहरूको भीड़ उर्लियो


कोलकाता, 25 मई (हि.स.)। कोलकाताकौ सल्टलेकस्थित भारतीय जनता पार्टी (भाजपा) कार्यालयमा सोमवार आयोजित ‘जनता दरबार’ कार्यक्रममा नोकरीका उम्मेद्वारहरूले ठूलो सङ्ख्यामा भाग लिए। मुख्यमन्त्री शुभेन्दु अधिकारीसित गरी आफ्नो समस्या बताउन आएका उम्मेद्वारहरूको लामो ताँत देखियो। भीड़लाई निन्त्रण गर्नको लागि सुरक्षा कर्मीहरूलाई धेरै परिश्रम गर्नुपऱ्यो।

जानकारी अनुसार नोकरीका उम्मेद्वारहरूको लगभग 15 वटा सङ्गठनका प्रतिनिधिहरू मुख्यमन्त्रीसित भेट गर्न आएका थिए। यसमा भर्ती घोटालाको कारणले आफूलाई वञ्चित मान्ने उम्मेद्वारहरू लगायत उच्चतम अदालतको आदेशपछि नोकरी गुमाउने 26 हजार शिक्षक-शिक्षिकाहरूका प्रतिनिधिहरू पनि सामेल थिए। सबैले मुख्मन्त्रीसित शीघ्र समाधान गरिदिने माग गरे।

मुख्यमन्त्री भएपछि शुभेन्दु अधिकारीले आम मानिसहरूको समस्या सुनेर त्यसलाई समाधान गर्नका लागि ‘जनता दरबार’ नामक कार्यक्रम शुरू गरेका छन्। भाजपाद्वारा भनिएको छ, प्रत्येक सोमवार बिहान 9-11 बजेसम्म मुख्यमन्त्रीले सल्टलेकस्थित पार्टी कार्यालमा उपस्थित रहेर मानिसहरूको सिकायत सुन्नेछन्।

सोमवार बिहान मुख्यमन्त्री आइपुग्न अगावै ठूलो सङ्ख्यामा नोकरीका उम्मेद्वारहरू कार्यालय बाहिर भेला भइसकेका थिए। एकजना उम्मेद्वारले बताए, उनी ठूलो आशा लिएर मुख्यमन्त्रीसित भेट गर्नका लागि आएका छन्। उनको आरोप थियो, पूर्व मुख्यमन्त्रीसित कैयौं पटक भेट गर्ने प्रयास गरिएको भए पनि उनलाई कहिल्यै अवसर दिइएन। उनले भने, शुभेन्दु अधिकारी पहिला उनीहरूको साथमा थिए र अब मुख्यमन्त्री भएपछि पनि उनीसित सोझै भेटघाट सम्भव भइरहेको छ। उम्मेद्वारले माग गरे, 26 हजार नोकरी गुमाउनेहरूमध्ये योग्य उम्मेद्वारहरूले न्याय पाउनुपर्छ।

कार्यक्रममा लकेट च्याटर्जी र शशी अग्निहोत्री समेत राज्य भारतीय जनता पार्टीका केही नेताहरू उपस्थित थिए। मुख्यमन्त्रीले उम्मेद्वारहरूका प्रतिनिधिहरूसित बन्द कोठाभित्र बातचित गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande