विद्या भारती सिक्किम प्रान्तको रजत जयन्ती समारोह समिति औपचारिक रूपमा विघटन
विद्या भारती सिक्किम प्रान्तको रजत जयन्ती समारोह समिति औपचारिक रूपमा विघटन


गान्तोक, 25 मई (हि.स.)। विद्या भारती सिक्किम प्रान्तको रजत जयन्ती समारोह समिति औपचारिक रूपमा हिजो प्रान्त कार्यालयमा बसेको बैठकले विघटन गरेको छ। उक्त जानकारी आज विद्या भारती सिक्किमका कार्यालय सचिव सूर्य धितालले दिए।

विद्या भारती अखिल भारतीय शिक्षा संस्थानका सह-मन्त्री पवित्रा दाहालले आयोजक समितिका अध्यक्ष हरि शांकर शर्माको अनुपस्थितिमा उनको सहमति अनुसार रजत जयन्ती समारोह समितिको औपचारिक विघटनको घोषणा गरिन्। यस विघटनसँगै अध्यक्ष हरिशङ्कर शर्माको नेतृत्वमा गठित आयोजक समिति, उपसमिति, व्यवस्थापन समिति तथा कोर कमिटीका सबै जिम्मेवारीहरू समाप्त भएका छन्।

उनले यो रजत जयन्ती समारोह समितिको विघटनसँगै विद्या भारती सिक्किम प्रान्तले अब नियमित संगठनात्मक कार्यहरूलाई थप गति दिने भएको बताएका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande