
गुवाहाटी, 25 में (हि.स.)। बकरी ईदको अवसरमा राज्यका विभिन्न भागहरूमा जस्तै गुवाहाटीको 6 माइल अन्तर्गत पञ्जाबारी क्षेत्रस्थित बाख्रा बजारमा बाख्राको मूल्य पछिल्लो वर्षको तुलनामा अधिक रहेको कारणले मानिसहरू हैरान भएका छन्। मूल्य वृद्धिको प्रभाव पशु तथा बाख्रा बजारमा पनि स्पष्ट रूपमा देख्न पाइँदैछ। पछिल्लो वर्ष 10-12 हजार रुपियाँमा खरिद गरेको बाख्राको मूल्य यस वर्ष 20-25 हजार रुपियाँ पुगेको छ।
यस किसिमको मूल्य वृद्धिलाई लिएर केही व्यापारीहरूको भनाइ छ, पशुहरूलाई असममा ल्याउनको लागि पछिल्लो वर्षको तुलनामा यस वर्ष धेरै भाड़ा लाग्यो। पाल्न पनि खर्च लाग्छ। पेट्रोल-डिजलको मूल्य वृद्धि नै यसको प्रमुख कारण रहेको बताइएको छ। राज्यमा कड़ा पशु कानून लागू भएपछि राज्यका मुसलमानहरूले यसपालि पछिल्लो वर्षहरूमा जस्तै गाईहरूको बली (कुर्बानी) दिने छैनन्। यसले गर्दा पनि हजारौं सङ्ख्यामा बाख्राहरूलाई अन्य राज्यहरूबाट गुवाहाटीको बजारमा बेच्नको लागि ल्याइएको छ। राज्यमा गाईहरूको कुर्बानी नहुनु पनि मूल्यवृद्धिको अर्को कारण हो। प्रत्येक वर्ष नै ईद-उल-अजहामा बाख्रा वा अन्य वैध पशुहरूको कुर्बानी दिने परम्परा छ। बकरीद मुख्य रूपमा त्याग, आस्था औ बलिदानको पर्व हो। यो पैगम्बर हजरत इब्राहिमद्वारा अल्लाहको निर्देशमा आफ्ना छोरा हजरत इस्माइललाई बली दिनको लागि लगिएपछि हजरत इस्माइलको सट्टा दुम्माको बलीलाई अल्लाहले स्वीकार गरेका थिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा