तीनधारेमा गोजमुमोको शाखा गठन
gjmm meeting


खरसाङ, 25 मई (हि.स.)। गोर्खा जनमुक्ति मोर्चा तीनधारे महानदी समष्टि अन्तर्गत तीनधारे खण्डको राजबारी शाखा गठनार्थ एक सभा खण्ड समिति संयोजक सनतचन्द्र लोहारको अध्यक्षतामा राजबारी जनसेवा भवनमा सम्पन्न भयो। केन्द्रिय समिति सह सचिव बिमल दर्जी, युवा मोर्चा केन्द्रिय सदस्य योगराज प्रधान, युवराज लामा, सुकुना पानीघट्टा समष्टिका सभापति उत्तम छेत्री, तीनधारे महानदी समष्टिका सभापति ऐतमान राई, सचिव सुरेशचन्द्र दर्नाल, तीनधारे खण्ड समिति पूर्व सभापति प्रसाद लावर, सदस्य ध्रुव दर्जीको उपस्थितिमा गोजमुमो राजबारी शाखा समिति गठन गरिएको छ।

यस कमिटीमा सभापति मिलन दर्जी, उप सभापति साजन प्रधान, सचिव मदन कुमार दियाली, सह सचिव भाष्कर थापा, कोषाध्यक्ष जय नारायण प्रधान, सल्लाहकार पासाङ तामाङ, बीरबल छेत्री, कार्यकारिणी सदश्यहरु देवराज शंकर, सपन दर्जी, अमित भूजेल पासंग मोक्तान, पदम बहादुर तामाङ, बुदे छेत्री लगायत सोह्रजना सदस्य रहेका छन्। नारी मोर्चा शाखा समिति गठनार्थ मुन्नी तामाङलाई संयोजिका मनोनित गरिएको छ साथै उनलाई सुनिता राई र लक्ष्मीबप्रधानले सहयोग गर्ने भएको छ।

स्थापनाकालदेखि आजसम्म नि:स्वार्थ भावले गोजमुमोका अध्यक्ष बिमल गुरुङको हात दह्रिलो गराउन जस्तै दुःख र संकटको घडीमा पनि नडगमगाई साथ दिएकोमा केन्द्रिय सह सचिव बिमल दर्जी, तीनधारे महानदी समष्टि सभापति सचिव ऐतमान राई र सुरेश चन्द्र दर्नाल, सुकुना पानीघट्टा समष्टि सभापति उत्तम छेत्री, खण्ड संयोजक सनतचन्द्र लोहार, पूर्व सभापति प्रशाद लावर , सदश्य ध्रुव दर्जी, युवा केन्द्रिय सदस्य युवराज लामा र अन्यहरुलाई युवा मोर्चा केन्द्रिय सदस्य योगराज प्रधानले पदार्पण गरी अभिनन्दन जनाए।

सभामा वक्ताहरुले क्षेत्रीय पार्टीहरु शक्तीशाली र सक्रिय हुनुपर्ने बताउँदै सबैलाई संगठीत भई एक हुन आह्वान् गरे।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande