
गुवाहाटी, 25 मई, (हि.स.)। असम विधानसभामा भइरहेको अधिवेशनको तेस्रो दिन सोमवार यूनिफर्म सिभिल कोड (यूसीसी) विधेयकलाई सदनमा पेश गरिनेछ। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले विधानसभामा “यूनिफर्म सिभिल कोड असम बिल” प्रस्तुत गर्नेछन्।
यसको साथै मन्त्री अजन्ता नेओगले महिला उत्पीड़न निवारण अधिनियमसित सम्बन्धित एक सङ्कल्प प्रस्ताव पनि सदनमा पेश गर्नेछन्।
विधानसभामा महिलाहरूलाई 33 प्रतिशत आरक्षण दिनेसित सम्बन्धित उक्त सङ्कल्प प्रस्तावमाथि पनि चर्चा तथा प्रस्तुति हुने सम्भावनाछ। अधिवेशन अवधि यी महत्वपूर्ण विधायी प्रस्तावहरूमाथि सबैको नजर अड़िएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा