
कोलकाता, 25 मई (हि.स.)। पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीको साप्ताहिक ‘जनता दरबार’ मा सोमवार विभिन्न जिल्ला तथा पेशासित सम्बन्धित मानिसहरू आ-आफ्नो समस्या लिएर पुगे। सल्टलेकस्थित भाजपा कार्यालयमा बिहान 9 बजेदेखि आयोजित यस कार्यक्रममा नोकरी गुमाउने शिक्षकहरूको प्रतिनिधिदेखि लिएर आवास सम्बन्धि सिकायत बोकेर आएका नागरिकहरूले आ-आफ्नो कुरा मुख्यमन्त्री समक्ष राखे।
भवानीपुरका 81 वर्षीय प्रवीर मुखर्जीले जनता दरबारमा पुगेर व्यापारी जय कामदार र सोना पप्पूमाथि धोकाधड़ी गरेको आरोप लगाए। उनको भनाइ छ, उनले आफ्नो पैतृक जमीन जय कामदारलाई दिएका थिए। जमीनमा बहुतले भवन पनि निर्माण भयो, तर उनलाई अहिलेसम्म फ्ल्याट दिएको छैन।
प्रवीर मुखर्जीले आरोप लगाए, पक्रा पर्नअघि जय कामदारले फ्ल्याट दिने आश्वासन दिएको थियो, तर यसको सट्टामा 17 लाख रुपियाँको माग गऱ्यो। उनले बताए, हाल उनी आफ्नी पत्नीसित भाड़ाको घरमा बसिरहेका छन्। तथापि जनता दरबारमा आफ्नो समस्या राखेपछि उनले सन्तोष व्यक्त गर्दै भने, शुभेन्दु अधिकारीले समस्याको समाधान गरिदिने भरोसा दिएका छन्।
यसरी नै 26 हजार नोकरी गुमाउने शिक्षकहरूका प्रतिनिधिहरूले पनि जनता दरबारमा पुगेर योग्यताको आधारमा नोकरी बहाल गर्ने माग उठाए। प्रतिनिधि सुमन विश्वासले यस सम्बन्धमा ज्ञापन सुम्पिए।
कारिगरी शिक्षा व्यवस्थामा स्थायी नियुक्तिलाई पुनः शुरू गर्ने माग पनि उठ्यो। मलय सिंह रायले आरोप लगाए, तकनिकी शिक्षा संस्थानहरूमा भ्रष्टाचार भएको कारणले पछिल्लो 15 वर्षदेखिको नियुक्ति भएको छैन, स्थायी पदहरूलाई पनि अस्थायी बनाइएको छ।
यसको साथै सुचित्रा डेले राज्यका केही नोकरीहरूमा अनाथहरूको लागि आरक्षण व्यवस्थालाई पुनः लागू गर्ने माग गरिन्। उनक आरोप थियो, आरक्षण समाप्त भएको कारणले अनाथ युवाहरूलाई नोकरी पाउनमा गाह्रो भइरहेको छ।
सबै सिकायतहरू सुनेपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले आवश्यक कदम उठाउने आश्वासन दिए। अपरान्ह 12 बजे उनी सल्टलेकस्थित कार्यालयदेखि प्रस्थान भए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा