
हुगली, 26 मई (हि.स.)। ओडिशामा ड्यूटी कालमै सीआरपीएफ जवान राकेश रायको असामयिक मृत्यु भएको घटनाले आरामबागको शीतलपुर गाउँलाई शोकमा डुबाएको छ। मङ्गलवार उनको पार्थिव शरीर गाउँमा आइपुग्नसाथ परिवारजन, छिमेकी तथा स्थानीय मानिसहरूको भीड़ उर्लियो।यस घटनाको कारणले सम्पूर्ण गाउँका मानिसहरू शोकाकुल भएका छन्।
जानकारी अनुसार आरामबागको आराण्डी क्षेत्रस्थित शीतलपुर गाउँ निवासी 23 वर्षीय राकेश राय केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ) मा कार्यरत थिए। ड्यूटी अवधि उनको निधन भयो। मृत्युको खबर गाउँमा आइपुग्नसाथ परिवार तथा ग्रामीणहरूमाझ शोक व्याप्त भयो।
मङ्गलवार जवानको पार्थिव शरीरलाई गाउँमा ल्याइयो। अन्तिम दर्शनका लागि ठूलो सङ्ख्यामा गाउँका मानिसहरू जवानको घरमा पुगे। परिवारका सदस्यहरूको रोएर बेहाल भएको छ। गाउँका प्रायजसो सबै मानिसहरूको आँखा रसायो। विभिन्न सामाजिक तथा राजनीतिक सङ्गठनहरूका प्रतिनिधिहरूले पनि उपस्थित भएर दिवङ्गत जवानलाई श्रद्धाञ्जली अर्पण गरे।
ग्रामीणहरूले बताए, राकेश बाल्यकालदेखि नै मेधावी, विनम्र औ परिश्रमी स्वभावका थिए। देश सेवाको लागि समर्पित भएकोमा सम्पूर्ण गाउँलाई तिनीमाथि गर्व छ। उनको असमायिक निधनबाट परिवारलाई मात्र होइन, सम्पूर्ण क्षेत्रलाई अपूरणीय क्षति भएको छ।
स्थानीय मानिसहरूले शोक सन्तप्त परिवारप्रति संवेदना व्यक्त गर्दै सरकारसित आवश्यक सहायता प्रदान गर्ने माग गरेका छन्। राजकीय सम्मानको साथमा अन्तिम संस्कार गर्ने तयारी भइरहेको अवस्थामा शीतलपुर गाउँले आफ्ना वीर सपूतलाई रसिएको आँखाले अन्तिम बिदा दिए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा