गर्मी तथा आद्रताले बेहाल बङ्गाल, वर्षा हुने सम्भावना
weather


कोलकाता, 26 मई (हि.स.)। पश्चिम बङ्गालका मानिसहरू अहिलेघरि प्रचण्ड गर्मी तथा आद्रतापूर्ण मौसमबाट व्याकुल भइरहेका छन्। राज्यका केही जिल्लाहरूको अधिकतम तापमान 37-38 डिग्री सेल्सियसबीच दर्ता भइरहेको छ भने अधिक आद्रताको कारणले “फील्स लाइक” तापमान 40 डिग्री सेल्सियसभन्दा माथि नै महसूस भइरहेको छ।

मौसम विभाग अनुसार यस सप्ताह राज्यका विभिन्न भागहरूमा मेघ गर्जनसितै सामान्य वर्षा अनि हुरी आउने सम्भावना छ। यसबाट मानिसहरूले गर्मीबाट राहत पाउने आशा छ।

दक्षिण बङ्गाल र कोलकातामा दिउँसोको मौसम आद्रतापूर्ण गर्मी रहनेछ भने साँझ छुटपुट वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। यता उत्तर बङ्गालका दार्जिलिङ र जलपाईगुड़ी जिल्लामा अपेक्षाकृत शीतल मौसम रहनको साथै बादल लागिरहनेछ। बीच-बीचमा वर्षा पनि हुने सम्भावना रहेको छ।

पश्चिम मेदिनीपुर, बाँकुड़ा एवं वरपरका पश्चिमी जिल्लाहरूको तापमान 36-देखि 38 डिग्री सेल्सियससम्म पुग्नसक्छ। यद्यपि अबेर साझ कतिपय स्थानहरूमा सामान्य वर्षासितै हुरी आउने सम्भावना छ।

कोलकातामा मङ्गलवार अधिकतम तापमान लगभग 38 डिग्री सेल्सियस रहने अनुमान लगाइएको छ। मौसम विशेषज्ञहरूको भनाइ छ, बङ्गालको खाड़ीबाट आइरहेको नमीले गर्दा आद्रता लगातार कायम छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande