
कोलकाता, 26 मई (हि.स.)। तृणमूल कङ्ग्रेस सुप्रीमो ममता ब्यानर्जीले अन्तरराष्ट्रिय हकर्स दिवसको अवसरमा मङ्गलवार सोशल मीडिया मञ्च एक्समा एक विस्तृत पोस्ट साझा गर्दै राज्यका फुटपाथ बिक्रेता, हकर्स औ असङ्गठित क्षेत्रका सूक्ष्म व्यापारीहरूप्रति समर्थन व्यक्त गरिन्। उनले आरोप लगाइन्, पश्चिम बङ्गालको सत्तामा आएपछि भाजपा सरकारले हकर्समाथि अत्याचार गरिरहेको छ, उनीहरूलाई उजाड़िरहेको छ तथा उनीहरूका पसलहरूलाई भत्काइरहेको छ।
उनले लेखिन्, “26 मई, अन्तर्राष्ट्रिय हकर्स दिवसको अवसरमा म परिश्रमी हकर दाज्यु-भाइ तथा दिदी-बहिनीहरूलाई शुभकामना अनि संवदेना व्यक्त गर्दछु। जसरी पश्चिम बङ्गालमा सत्तामा आउनसाथ भाजपा सरकारले हकर्समाथि अत्याचार गरिरहेको छ, उनीहरूलाई बेदखल गरिरहेको छ तथा उनीहरूको आँखाको आँशुलाई परवाह नगरी उनीहरूलाई सड़कमा ल्याइरहेको छ, त्यसबाट म स्तब्ध, क्रुद्ध तथा मर्माहत भएकी छु। अत्याचारीहरूले यसको जवाफ अवश्य पाउनेछ। म पहिला पनि तपाईहरूको साथमा थिेएँ, छु र सदैव रहनेछु।”
आफ्नो पोस्टमा उनले फुटपाथ बिक्रेता, हकर्स औ अनौपचारिक क्षेत्रका लघु व्यापारीहरू स्थानीय अर्थव्यवस्थाको मेरूदण्ड हुन्। यिनीहरूले आम जनताको दैनन्दिन आवश्यकता तथा ठूलो उत्पादन तन्त्रको बीचमा महत्वपूर्ण माध्यमको रूपमा काम गर्दछन्। कम मूल्यमा आवश्यक वस्तुहरू मानिसहरूसम्म पुऱ्याउने गर्दछन्।
तृणमूल सुप्रीमोले भनिन्, विकासशील देशहरूमा रोजगार सृजनमा यस अनौपचारिक क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। लाखौं मानिसहरू हकिङ्गको माध्यमबाट आत्मनिर्भर बन्दछन् र आफ्नो परिवार धान्ने गर्दछन्।
उनले ‘स्ट्रीट भेण्डर्स (प्रोटेक्शन अफ लाइभलीहुड एण्ड रेगुलेशन अफ स्ट्रीट भेण्डिङ्ग) एक्ट, 2014’- को उल्लेख गर्दै भनिन्, यस कानूनको उद्देश्य हकर्सको आजीविकाको रक्षा गर्नु साथै पैदल यात्री अनि स्थायी पसलेहरूको अधिकारबीच सन्तुलन कायम राख्नु हो।
उनले भनिन्, एक आदर्श औ सुनियोजित शहरको लक्ष्य हकर्सलाई हटाउनु होइन जबकि उनीहरूलाई शहरी व्यवस्थाको अङ्ग बनाउनुपर्छ। यदि हकर्सको लागि व्यवस्थित र आधारभूत सुविधायुक्त बजार बनाइयो भने शहरको सानो अर्थव्यवस्था पनि मजबुत हुनेछ साथै आम मानिसहरूको आवागमन पनि बाधित हुनेछैन। आफ्नो पोस्टमा ममता ब्यानर्जीले हकर्सका अधिकारहरूसित सम्बन्धित केही महत्वपूर्ण सुप्रीम कोर्टको फसेलाको पनि उल्लेख गरेकी छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा