लक्खी भण्डारको सूचीमा पुरूषको नाम, चन्द्रकोणामा भाजपाले उठायो प्रश्न
लक्खी भण्डारको सूचीमा पुरूषको नाम, चन्द्रकोणामा भाजपाले उठायो प्रश्न


पश्चिम मेदिनीपुर, 26 मई (हि.स.)। जिल्लाको चन्द्रकोणा क्षेत्रमा लक्खी भण्डार योजनाका लाभार्थीहरू सूचीलाई लिएर विवाद उत्पन्न भएको छ। मनोहरपुर- दुई ग्राम पञ्चायतको सूचीमा एक जना पुरूष तृणमूल नेताको नाम पनि सामेल रहेको कुरा सार्वजनिक भएपछि भाजपाले यसमाथि प्रश्न उठाएको छ।

जानकारी अनुसार मनोहरपुर निवासी औ तृणमूल समर्थक ठेका कर्मी उत्तम कुमार सावको नाम लक्खी भण्डार योजनाका लाभार्थीहरूको सूचीमा दर्ता रहेको पाइयो। भाजपा नेताहरूले गए सोमवार यो सूचीलाई सार्वजनिक गर्दै आरोप लगाए, महिलाहरूको लागि बनिएको योजनामा पुरूषको नाम सामेल हुनु गम्भीर अनियमितता हो।

मङ्गलवार चन्द्रकोणा-एकका बीडीओ कृष्णेन्दु विश्वासले भने, तकनिकी त्रुटि हुनसक्ने सम्भावनलाई अस्वीकार गर्न सकिँदैन। मामिलाको जाँच गराइँदैछ। यता पञ्चायत प्रधान माधुरी सिंह दोलाईले भनिन्, त्यसताक अत्यधिक दबावबीच डेटा एन्ट्री भएको थियो जसबाट गल्ती हुनसक्छ। जाँचपछि आवश्यक कदम उठाइनेछ।

भाजपाका चन्द्रकोणा मण्डल अध्यक्ष सबुज मजुमदारले भने, अन्नपूर्णा योजना शुरू हुनअघि लाभार्थीहरूको सूचीको जाँच गरिँदैछ। यसै अवधि यो मामिला उजागार भएको हो। उनले दोषीहरूविरूद्ध कारबाही गर्ने माग गरे।

तथापि जाँचमा थाहा लागेको छ, ब्याङ्क खाता, मोबाइल नम्बर र अन्य सबै जानकारी उत्तर कुमार सावकी पत्नी मुनमुन सामन्त सावको छ। योजनाको राशि पनि उनकै खातामा गइरहेको थियो।

उत्तम कुमार सावले भने, वर्ष 2021- मा उनकी पत्नीले ‘द्वारे सरकार’ शिविरमा आवेदन गरेदेखि नै राशि प्राप्त भइरहेको छ। सूचीमा उनको नाम कसरी दर्ता भयो, उनलाई कुनै जानकारी छैन।

मामिला प्रकाशमा आएपछि उनले पञ्चायत र बीडीओ कार्यालयमा गएर सूचीबाट आफ्नो नाम हटाउने आवेदन गरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande