विधायकको पीए भएर डाक्टरलाई धम्क्याएको आरोपमा, अडियो भाइरल
विधायकको पीए भएर डाक्टरलाई धम्क्याएको आरोपमा, अडियो भाइरल


पश्चिम मेदिनीपुर, 26 मई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको शालबनी सुपर स्पेशियलिटी अस्पतालमा एकजना डाक्टरलाई कथित रूपमा “विधायकको पीए” भएर फोनमा धमकी दिएको मामिला प्रकाशमा आएको छ। यस घटनाको अडियो सोशल मीडियामा भाइरल भएको छ, तथापि यसको सत्यताको पुष्टि स्वतन्त्र रूपमा भएको छैन।

जानकारी अनुसार गए सोमवार ओपीडीमा कार्यरत एकजना डाक्टरलाई फोन आयो जसमा फोन गर्ने व्यक्तिले आफूलाई विधायक विमान महतोको पीए तारकाटा टिङ्कु बताउँदै ड्यूटीको समयमा बाहिर गएकोमा प्रश्न उठाए। अडियो भाइरल भएपछि मामिला बढ़्दै गयो। तथापि विधायक विमान महतोले स्पष्ट पारे, “तारकाटा टिङ्कु” नामक कुनै पनि व्यक्ति उनको पीए छैन।

विधायकले भने, सम्बन्धित युवकलाई उनको साथमा धेरै कार्यक्रमहरूमा देखिएको छ। उसले सोशल मीडियामा पनि भीडियो बनाइरहन्छ, तर उ उनको आधिकारिक स्टाफको अङ्ग होइन। तथापि यस्तो व्यवहारलाई कुनै पनि अवस्थामा स्वीकार गर्न सकिँदैन।

विधायकले भने, “डाक्टरले नडराई काम गरून्। यदि कसैले मेरो नाम प्रयोग गरेर धम्की दिन्छ भने तुरून्त यसको जानकारी दिइयोस्।” यता कथित अडियोमा सामेल युवकसित सम्पर्क गर्ने प्रयास गरियो, तर उसले फोन उठाएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande