पटना उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएकोमा मुख्यमन्त्रीले न्यायमूर्ति मीनाक्षी मदन राईलाई बधाई दिए
पटना उच्च अदालतको मुख्य न्यायाधीश नियुक्त भएकोमा मुख्यमन्त्रीले न्यायमूर्ति मीनाक्षी मदन राईलाई बधाई दिए


गान्तोक, 26 मई (हि.स.)। पटना उच्च अदालतको मुख्य न्यायाधीशको पदभार ग्रहण गर्नुअघि मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान न्यायाधीश न्यायमूर्ति मीनाक्षी मदन राईसॅंग शिष्टाचार भेट गरे। मुख्यमन्त्रीले सरकार र सिक्किमका जनताको तर्फबाट न्यायमूर्ति राईलाई उनको योग्य पदोन्नतिका लागि हार्दिक बधाई र शुभकामना व्यक्त गरे।

सिक्किमबाट मुख्य न्यायाधीशको विशिष्ट पद प्राप्त गर्ने न्यायमूर्ति राई पहिलो महिला हुन्। यो उपलब्धिलाई राज्यको लागि अत्यन्तै गौरव र सम्मानको कुरा बताउँदै मुख्यमन्त्रीले न्यायपालिकाप्रतिको उनको समर्पण, निष्ठा र विशिष्ट सेवाको प्रशंसा गरे।

मुख्यमन्त्रीले उनको नेतृत्वमा पटना उच्च अदालतले न्याय र संवैधानिक मूल्यमान्यताको उच्चतम परम्परालाई निरन्तरता दिने विश्वास व्यक्त गरे। उनले न्यायमूर्ति राईको आगामी कार्यकाल सफल र अनुकरणीय रहोस् भन्ने कामना पनि गरेको सीएमओ कार्यालयले प्रेस बयानमा बताएको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande