जापानको यात्रा सिद्ध्याएर गुवाहाटी फर्किए मुख्यमन्त्री डा. शर्मा
जापानको यात्रा सिद्ध्याएर गुवाहाटी फर्किए मुख्यमन्त्री डा. शर्मा


गुवाहाटी, 03 मई (हि.स.)। मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमा जापानको यात्रा सिद्ध्याएर आज गुवाहाटी आइपुगे। सोमवार असम विधानसभा चुनाउको परिणाम घोषणा हुन एक दिनअघि मुख्यमन्त्री जापानदेखि गुवाहाटी आइपुगेका छन्।

मुख्यमन्त्री डा. सरमाले बिते राती दिल्लीमा बिताएपछि आज बिहान गुवाहाटी फर्केका छन्। दिल्लीबाट मुख्यमन्त्रीसित केन्द्रिय विदेश राज्य मन्त्री पवित्र मार्घेरिटा, असम सरकारका मन्त्री जयन्तमल्ल बरुवा औ कार्बी आङ्गलोङ्ग स्वायत्तशासी परिषदका सीईएम तुलिराम रङ्गहाङ्ग गुवाहाटी आइपुगेका छन्।

ज्ञात रहोस्, पश्चिम बङ्गाल विधानसभा चुनाउको प्रचार अभियान समाप्त गरेपछि मुख्यमन्त्री जापन गएका थिए। पश्चिम बङ्गालमा भाजपाका स्टार प्रचारकको रूपमा मुख्यमन्त्रीले भाजपाको पक्षमा व्यापक प्रचार गरेका थिए।

पार्टी सूत्र अनुसार गुवाहाटीमा आइपुग्नसाथ मुख्यमन्त्री आज साँझ भीडियो कन्फ्रेन्सको माध्यमबाट पार्टी उम्मेद्वारहरूसित एक समीक्षा बैठकमा सामेल हुनेछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande