4 मईको मतगणनाको लागि कोकराझार पूर्ण रूपमा तयार,सुरक्षाको कड़ा व्यवस्था
4 मईको मतगणनाको लागि कोकराझार पूर्ण रूपमा तयार,सुरक्षाको कड़ा व्यवस्था


कोकराझार (असम), 3 मई (हि.स.)। असम विधानसभा आम चुनाउ- 2026 अन्तर्गत चार मईमा हुने मतगणनालाई लिएर कोकराझार जिल्ला प्रशासनले सबै तयारी पूरा गरिसकेको छ। यस सम्बन्धमा जिल्ला आयुक्त एवं जिल्ला निर्वाचन अधिकारी डा. पी उदय प्रवीणले आज जिल्ला आयुक्त कार्यालयको सम्मेलन कक्षमा आयोजित एक सम्वाद सम्मेलनमा मीडियालाई विस्तृत जानकारी दिए।

उनले बताए, मतगणना बिहान 8 बजेदेखि शुरू हुनेछ। सबैभन्दा पहिला डाक मतपत्र (पोस्टल ब्यालेट) -को गणना गरिनेछ जसपश्चात ईभीएममा दर्ता मतहरूको गणना शुरू गरिनेछ। मतगणना प्रक्रियालाई सुचारु, पारदर्शी औ व्यवस्थित ढङ्गमा सम्पन्न गराउनको लागि सबै आवश्यक व्यवस्थाहरू सुनिश्चित गरिएको छ।

जिल्ला निर्वाचन अधिकारीले बताए, मतगणना कार्यको लागि लगभग 5 सय कर्मीहरूलाई तैनाथ गरिएको छ जसमा काउन्टिङ्ग सुपरभाइजर, काउन्टिङ्ग असिस्टेन्ट, माइक्रो अब्जर्भर तथा अन्य कर्मचारीहरू सामेल छन्।

उनले भने, भारत निर्वाचन आयोगद्वारा नियुक्त पाँच जना मतगणना प्रेक्षकहरू पनि कोकराझार आइपुगेका छन् जो सर्किट हाउसमा बसेका छन्।यसमा कृष्ण कुमार सिंहलाई 01-गोसाई गाउँ, रामजी मिश्रालाई 02- दोतमा (एसटी), परदेशी सिद्धार्थ कोमललाई 03-कोकराझार (एसटी), दया किशन शर्मालाई 04-बाओखुङ्गरी तथा सौरभ कुमार सिन्हालाई 05- पर्वतझोड़ा विधानसभा क्षेत्रको जिम्मेवारी सुम्पिइएको छ।

मतगणना राउण्डको जानकारी गराउँदै उनले भने, 01-गोसाई गाउँ विधानसभा क्षेत्रमा 5 जना प्रत्याशीहरूको लागाि 11 राउण्ड, 02- दोतमा (एसटी)- मा 5 जना प्रत्याशीहरूको लागि 13 राउण्ड, 03-कोकराझार (एसटी)- मा 6 जना प्रत्याशीहरूको लागि 14 राउण्ड, 04-बाओखुङ्गरीमा 12 जना प्रत्याशीहरूको लागि 16 राउण्ड तथा 05- पर्वतझोड़ामा 8 जना प्रत्याशीहरूको लागि 17 राउण्डमा मतगणना पूरा गरिनेछ।

सुरक्षा व्यवस्थाको बारेमा उनले बताए, कानून-व्यवस्थालाई कायम राख्नको लागि बीएनएसएसको धारा 163 अन्तर्गत निषेधाज्ञा लागू गरिएको छ। यसान्तर्गत मतगणना केन्द्रदेखि 100 मीटरको घेराभित्र भीड़ जुट्नमाथि रोक रहनेछ। वैध पहिचान पत्रधारहरूलाई मात्र प्रवेश गर्ने अनुमति दिइनेछ तथा मोबाइल फोन र इलेक्ट्रनिक उपकरणहरूको प्रवेशमाथि पनि निर्धारित क्षेत्रमा प्रतिबन्ध रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande