
दरङ्ग (असम), 03 मई (हि.स.)। दरङ्ग जिल्लाको खारूपेटिया क्षेत्रमा एक सन्त्राषपूर्ण हत्या भएको घटना प्रकाशमा आएको छ। 3 नम्बर आरिमारी शान्ति बजारमा भएको यस घटनापछि सम्पूर्ण क्षेत्रमा सन्त्राष फैलिएको छ।
आइतवार प्राप्त जानकारी अनुसार मोहम्मद अलीले चक्कुले प्रहार गरी आफ्नो सालो अक्काश अलीको हत्या गरिदियो। हमलामा गम्भीर रूपमा घाइते अक्कास अलीको घटनास्थलमै मृत्यु भयो।
घटनापछि आरोपी मोहम्मद अली भागेको छ। पुलिसले घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ भने आरोपीको खोजीमा अभियान सञ्चालन गरिरहेको छ।
प्रारम्भिक जाँचमा आशङ्का व्यक्त गरिँदैछ, यो हत्याकाण्ड प्रेम प्रसङ्गको कारणले भएको हो। तथापि मामिलाको वास्तविकता बुझ्नको लागि पुलिसद्वारा विस्तृत जाँच गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा