
गुवाहाटी, 03 मई (हि.स.)। राजधानी गुवाहाटीको वशिष्ठ पुलिसले कारबाही गर्दै दुई जना चतुर चोरहरूलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान धुबड़ीका मोहम्मद मजुम अली र छय गाउँका मोहम्मद सामन अलीको रूपमा गरिएको छ।
वशिष्ठ पुलिसले आज बताएको छ, दुवै आरोपीले गत 26 अप्रेलको राती बेलतलास्थित एक गहना पसलमा लुटपाट गरेका थिए। चोरीको सम्पूर्ण घटनाक्रम दोकानको सीसीटीभी क्यामरामा कैद भएको थियो जसको आधारमा पुलिसले जाँचलाई तीव्रता दिँदै आरोपीलाई पक्राउ गर्न सफल भएको छ।
पुलिसले दुवैबाट चाँदीको गहना तथा चोरी गर्दा उपयोग गरेका उपकरणहरूलाई जफत गरेको छ। मामिलाको अग्रिम जाँच जारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा