भवानीपुर मतगणना केन्द्र अगाड़ि स्कर्पियो वाहनको उपस्थिलाई लिएर तनाउ
भवानीपुर मतगणना केन्द्र अगाड़ि स्कर्पियो वाहनको उपस्थिलाई लिएर तनाउ


कोलकाता, 03 मई (हि.स.)। मतगणना हुन एक दिनअघि आइतवार भवानीपुरको मतगणना केन्द्र अगाड़ि एउटा सेतो रङ्गको स्कर्पियो वाहन राखिएकोमा केही समयसम्म त्यहाँको स्थिति तनाउपूर्ण भयो।

प्राप्त जानकारी अनुसार आइतवार बिहान लार्ड सिन्हा रोडस्थित एउटा गल्लीको मुहानमा तृणमूल कङ्ग्रेसका कार्यकर्ता औ समर्थकहरूले विरोध प्रदर्शन गरे। उनीहरूको आरोप छ, ‘एक्स आर्मी’ लेखिएको एउटा सेतो रङ्गको स्कर्पियो वाहन जसमा भाजपाको झण्डा लगाइएको थियो,-लाई जाँच नगरी मतगणना केन्द्रको नजिकमा जान दिइयो।

तृणमूल कार्यकर्ताहरूले यो पनि दाबी गरेका छन्, त्यस वाहनबाट उत्रेर एकजना व्यक्ति मतगणना केन्द्रभित्र गइरहेको देखियो। यस घटनापछि क्षेत्रमा तनाउ फैलियो अनि प्रदर्शनकारीहरूले पुलिसमाथि पक्षपात गरेको आरोप लगाए। तथापि पुलिसले सबै आरोपहरूलाई अस्वीकार गरेको छ।

पुलिसको भनाइ छ, सुरक्षा व्यवस्था नियम अनुसारै चलिरहेको छ र अनुमति बिना कसैलाई मतगणना केन्द्रभित्र जान दिइएको छैन।

स्थिति तनाउपूर्ण देखेर केन्द्रिय बल तथा पुलिसले संयुक्त रूपमा प्रदर्शनकारीहरूलाई मतगमना केन्द्रको निर्धारित क्षेत्रदेखि बाहिर निकाले। घटनाको कारणले लार्ड सिन्हा रोड क्षेत्रमा केही समयसम्म तनाउ व्याप्त भयो, तर पछि स्थिति सामान्य भयो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande