छलपूर्ण तरिकाले ब्याङ्क खाताबाट पैसा निकालेको आरोप, मामिला दर्ता
छलपूर्ण तरिकाले ब्याङ्क खाताबाट पैसा निकालेको आरोप, मामिला दर्ता


गान्तोक, 07 मई (हि.स.)। राजधानीको डेभलपमेन्ट एरियास्थित स्थानीय एउटा ब्याङ्कबाट जाली चेकको माध्यमद्वारा लाखौं रूपियॉं निकालेको घटना प्रकाशमा आएको छ। यस घटनाको सन्दर्भमा सम्बन्धित ब्याङ्कका शाखा प्रबन्धकले सदर थानामा प्राथमिकी दर्ता गराएका छन्।

पुलिस रिपोर्टका अनुसार, राजधानीको डेभलपमेन्टस्थित स्थानीय एउटा ब्याङ्कका शाखा प्रबन्धकले बुधवार सदर थानामा छलपूर्ण तरिकाले पैसा निकालिएको घटना जानकारीमा ल्याए। उनले अज्ञात व्यक्ति (हरू) ले क्लोन चेकको मध्यमद्वारा ब्याङ्कका एक ग्राहकको खाताबाट 2 लाख 90 हजार 5 सय रूपियॉं निकालेको बताए। उनले अज्ञात व्यक्ति (हरू) विरुद्ध कानूनी कारबाहीको माग गरेका छन्

यस घटनाको सम्बन्धमा पुलिसले अज्ञात व्यक्ति (हरू) विरुद्ध बीएनएस, 2023 को धारा 318(4)/319(2)/336(2)/336(3) अन्तर्गत मामिला दर्ता गरेर जॉंच गरिरहेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande