प्रतिबन्धित नशालु पदार्थसहित एक व्यक्ति पक्राउ
arrest


गान्तोक, 07 मई (हि.स.)। रम्फू पुलिसले एक व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरेको छ।

पुलिस रिपोर्टका अनुसार, रम्फूको लोवर बजारस्थित गोसखान लाइन निवासी एक 31 वर्षीय व्यक्तिलाई प्रतिबन्धित नशालु पदार्थको साथमा पक्राउ गरिएको छ। आरोपी व्यक्तिबाट पुलिसले 14.35 ग्राम ब्राउन शुगरसहित 715 वटा स्पास्मो प्रोक्सिवन क्याप्सुल र 10 वटा एन-10 ट्याबलेट जफत गरेको छ।

आरोपी व्यक्ति विरुद्ध एनडीपीएस एक्ट 1985 र साडा एक्ट अन्तर्गत मामिला दर्ता गरिएका छन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande