
कोलकाता, 16 जून (हि.स.)। दक्षिण 24 परगना जिल्ला अन्तर्गत डायमण्ड हार्बर पुलिसले मङ्गलवार तृणमूल कङ्ग्रेसको शिक्षक प्रकोष्ठका प्रमुख नेताहरूमा सामेल मैदुल इस्लामलाई हत्याको मामिलामा पक्राउ गऱ्यो। मैदुल इस्लामलाई पार्टीका महासचिव तथा सांसद अभिषेक ब्यानर्जीको नजिकको मानिन्छ। डायमण्ड हार्बर अभिषेकको लोकसभा क्षेत्र पनि हो।
पुलिस सूत्र अनुसार मङ्गलवार बिहान मैदुल इस्लामलाई उनको नेतरास्थित आवासबाट जाँचबुझको लागि हिरासतमा लिइएको थियो। लामो जाँचबझपछि उनलाई औपचारिक रूपमा पक्राउ गरियो।
भनिन्छ, मैदुल इस्लाम पहिला भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी)-सित जोड़िएका थिए। पछि उनी तृणमूल कङ्ग्रेसमा सामेल भए अनि कमय समयमै पार्टीको प्रभावशाली स्थान हासिल गरे।
स्मरण गराइन्छ, गए सोमवार अभिषेक ब्यानर्जी प्राथमिक शिक्षक भर्ती भ्रष्टाचार मामिलामा प्रवर्तन निदेशालय समक्ष जाँचबुझको लागि पेश हुन सल्टलेकस्थित कार्यालयमा पुगेका थिए। यस अवधि मैदुल इस्लाम पनि उनको साथमा कार्यालयको प्रवेश द्वारसम्म पुगेका थिए।
पुलिसले मैदुल इस्लामलाई वर्ष 2022- मा दक्षिण 24 परगनाको बोलसिद्धि कालीनगर ग्राम पञ्चायतका उपप्रधान देबब्रत भट्टाचार्य उपनाम निमाईको रहस्यमय मृत्यु मामिलामा पक्राउ गरेको हो। जाँचसित जोड़िएको सूत्रले दाबी गरेको छ, मृतकको एउटा कथित सुसाइड नोटमा मैदुल इस्लामको नाम उल्लेख गरिएको थियो।
जाँच अधिकारीहरू अनुसार यस मामिलाको रहस्य सुल्झाउनको लागि तथा मृत्यु पछाड़िको परिस्थिति पत्तो लगाउनको लागि मैदुल इस्लामसित जाँचबुझ गरिँदैछ। पुलिसको मान्यता छ, जाँचबुझबाट मामिलामा महत्वपूर्ण जानकारीहरू खुलासा हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा