डबल इञ्जिनको सरकारले भ्रष्टाचारबिना सोझै लाभ जनतालाई हस्तान्तरण गर्न चाहन्छ: मुख्यमन्त्री शुभेन्दु अधिकारी
मुख्यमन्त्री शुभेन्दु अधिकारी


खरसाङ, 16 जून (हि.स.)। पश्चिम बंगालको मुख्यमन्त्री शुभेन्दु अधिकारीले डबल इञ्जिनको सरकारले भ्रष्टाचारबिना नै सोझै लाभ जनतालाई हस्तान्तरण गर्न चाहन्छ भनी बताएका छन्। उनी आज खरसाङमा गोथल्स साइडिङमा आयोजित पहिलो जनकल्याण शिविरलाई सम्बोधन गर्दै थिए।

प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टीको सरकार विश्वमा सबैभन्दा लामो समयसम्म सेवा गर्ने सरकार बनेको बताउॅंदै आगामी 5 जूनदेखि 21 जूनसम्म राज्यव्यापी रूपमा विभिन्न स्थानहरुमा एक हजार एक सय जनकल्याण शिविरको आयोजना गरिने बताए। उनले पहाडमा पनि 15, 16 र 17 जूनमा पहिलो जनकल्याण शिविर चलिरहेको जानकारी गराए।

उनले जनतालाई सम्बोधन गर्दै भने, 'तपाईहरु सरकारलाई साथ र सहयोग गर्नुहवस, सरकार सदैव जनताको लागि काम गर्न तयार छ। विशेष गरेर पहाडको विकास र प्रगतिको मार्गमा अघि लैजानका लागि डबल इञ्जिनको सरकारले काम गर्नेछ।'

पहाड विषयमा बोल्दै मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, 'पुरानो सरकारले पहाडको लागि र पहाडको जनताको लागि केही काम गरेन। तर, अब डबल इञ्जिनको सरकारले काम गरेर देखाउनेछ। विगतको सरकारले जीटीएमा वित्त वर्ष 2024-25 मा 180 करोड दियो, तर काम भने केही गरेन, बरु भ्रष्टाचार मात्र गर्यो। तर, यसपाली हामी पहाडको विकासको लागि दुई गुणा, तीन गुणा बढी काम गर्न तयार छौँ।'

उनले भने, 'कालेबुङमा मेडिकल कलेज, राजमार्ग, राज्य हाईवे, जीटीएको रोड, नगरपालिका क्षेत्रको रोड, पुल, कनेक्टिभिटी आदिमा विशेष जोड दिएर काम गरिनेछ।' उनले पहाडका स्कूलहरुमा प्रधानमन्त्री पीएमसी योजना अन्तर्गत स्मार्ट शिक्षा केन्द्र, स्मार्ट क्लास बनाउने योजना रहेको बताए। उनले ग्राम पञ्चायत क्षेत्रमा प्रधानमन्त्री आवास योजना, जल जीवन मिशन र नगरपालिका क्षेत्रमा अमृत जल योजनामार्फत् जलापूर्ति सुनिश्चित गर्ने योजना रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande