बीजीपीएमका सभासदहरूसँग अनित थापाको बैठक
बीजीपीएमका सभासदहरूसँग अनित थापाको बैठक


दार्जिलिङ, 16 जून (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा (बीजीपीएम) का अध्यक्ष एवं जीटीए प्रमुख अनित थापाले आज पार्टीका सम्पूर्ण सभासदहरूसँग बैठक गरेका छन्। बैठकपछि उनले सामाजिक सञ्जालमार्फत बीजीपीएमका सभासदहरू एकजुट रहेको सन्देश पनि दिएका छन्।

उनले आज बीजीपीएमका सभासदहरूसॅंग सफलतापूर्वक सभा सम्पन्न भएको बताउॅंदै सबै सभासदहरू एकजुट रहेको बताएका छन्। उनले भने, आज बीजीपीएमका सम्पूर्ण सभासदहरूसँग बैठक बस्यौं। बैठकको निर्णय, हामी सबै साथमा छौं, साथमै रहनेछौं।

अनित थापाको यो सन्देशलाई पछिल्लो समय पहाडको बदलिँदो राजनीतिक गतिविधिबीच पार्टीभित्र एकता र संगठन सुदृढ रहेको सन्देशका रूपमा हेरिएको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande