मुख्यमन्त्री शुभेन्दु अधिकारीले खरसाङमा जनकल्याण शिविरमार्फत् विभिन्न परियोजनाहरुको लाभ हस्तान्तरण गरे
शुभेन्दु अधिकारी खरसाङमा


खरसाङ, 16 जून (हि.स.)। राज्यको मुख्यमन्त्री शुभेन्दु अधिकारी आज खरसाङ गोथल्स साइडिङ्गमा आयोजित सरकारी कार्यक्रममा सहभागी बने। गोथल्स साइडिङ्गमा आयोजित सरकारको पहिलो जनकल्याण शिविरमा मुख्यमन्त्रीले विभिन्न परियोजनाहरुमार्फत् लाभार्थीहरुलाई लाभ हस्तान्तरण गरे।

पूर्वको सरकारले बंगालमा केन्द्रका योजनाहरू लागू गरेका थिएनन्। राज्यमा भाजपाको सरकार बनेपछि केन्द्र सरकारका विभिन्न परियोजनाहरु एकसाथ लागू गरिएका छन्। यस क्रममा 15 देखि 17 जूनसम्म पहिलो जनकल्याण शिविर अन्तर्गत जनतालाई सोझै सरकारी योजनाका लाभहरु हस्तान्तरण गरिएको छ। यस अन्तर्गत लाभार्थीहरूलाई फरेस्टको पट्टा लगायत सरकारका विभिन्न 54 वटा परियोजनाहरुको लाभ जनतालाई हस्तान्तरण गरिएको छ।

यस जनकल्याण कार्यक्रममा मुख्यमन्त्री शुभेन्दु अधिकारीसित उत्तर बंगाल विकास मन्त्री नितिश प्रामाणिक, राज्य मन्त्रीद्वय आनन्दमय बर्मन र विशाल लामा, विधायकहरु, दार्जिलिङ जिल्ला शासक, उत्तर बंगालमा एडीजी, जिल्ला पुलिस अधीक्षक लगायत सरकारी अधिकारीहरु उपस्थित रहेका थिए।

जनकल्याण शिविरलाई मुख्यमन्त्री शुभेन्दु अधिकारी, उत्तर बंगाल विकास मन्त्री नितिश प्रामाणिक आदिले पनि सम्बोधन पनि गरेका थिए। मुख्यमन्त्री शुभेन्दु अधिकारीलाई भारतीय जनता पार्टीको एक प्रतिनिधि टोलीले खरसाङको रोहिणी गेट (जिरो) मा स्वागत जनाएका थिए। मन्टिभियट खेल मैदानमा आयोजित जनसभालाई सम्बोधन गरेपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङको गोथल्समा आयोजित सरकारी कार्यक्रममा भाग लिन पुगेका थिए।

गोथल्समा आयोजित सरकारी कार्यक्रममा सहभागी बनेपछि मुख्यमन्त्री शुभेन्दु अधिकारी खरसाङको पंखाबारी रोड हुँदै चानमारी खेल मैदानबाट हेलिकप्टरबाट फर्किए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande