नाम्ची जिल्लामा एसआईआर जारी, 99.73 प्रतिशत गणना फाराम वितरित
Sir continues in namchi


नाम्ची, 16 जून (हि.स.)। सिक्किम राज्यका लागि तेस्रो चरणअन्तर्गत विशेष गहन पुनरीक्षण (एसआईआर) 2026, भारतीय निर्वाचन आयोग (ईसीआई) द्वारा नेतृत्व गरिएको विस्तृत र अद्यावधिक मतदाता नामावली प्राप्त गर्न नाम्ची जिल्लामा सम्बन्धित ब्लक स्तरीय अधिकारी (बीएलओ) द्वारा गणना फाराम (ईएफ) वितरण र सङ्कलनको प्रक्रियाको चरणसँगै जारी छ।

बीएलओहरूद्वारा घरदैलो भ्रमणमार्फत संशोधन अभ्यासको 17औँ दिनसम्म जिल्लाभरि कुल 110,348 (99.73 प्रतिशत) गणना फाराम वितरण गरिएको छ।

त्यसैगरी गणना फारामहरूको निर्वाचन क्षेत्रगत वितरणमा बर्फुङ्मा 16,288 (99.47 प्रतिशत कभरेज), पोकलोक-कामराङमा 16946 (99.96 प्रतिशत कभरेज), नाम्ची-सिङ्घिथाङमा 13502 (99.79 प्रतिशत कभरेज), मल्लीमा 16103 (99.40 प्रतिशत कभरेज), नाम्थाङ-रातेपानीमा 16,571 (99.86 कभरेज), तिमी-नामफिङमा 15489 (99.61 प्रतिशत कभरेज), राङ्गाङ-याङ्गाङमा 15449 ( 100.00 प्रतिशत कभरेज) ईएफ वितरण गरिएको छ। सञ्चित कुल 110348 ईएफ अर्थात 99.73 प्रतिशत कभरेजका साथ वितरण गरिएको छ।

उल्लेखनीय छ, बीएलओहरूको घरदैलो भ्रमण आगामी 28 जूनसम्म जारी रहनेछ, जहाँ यस अवधिमा बीएलओहरूले गणना फारामहरू वितरण र सङ्कलन गर्नेछन् साथै सबै योग्य मतदाताहरूको नाम, उमेर, ठेगाना, फोटो र ईपीआईसी नम्बरजस्ता विवरणहरू प्रमाणित र अद्यावधिक गर्न सहयोग गर्नेछन्।

जिल्ला चुनाउ कार्यालयले सबै योग्य मतदातालाई बीएलओहरूसँग सहकार्य गर्न र विधिवत रूपमा भरिएका गणना फारामहरू समयमै पेश गर्न अपील गरेको छ।

सहयोगका लागि मतदाताहरूले आफ्ना सम्बन्धित बीएलओहरूलाई सम्पर्क गर्न सक्छन्। राजनीतिक दलहरूले पनि आफ्ना बुथ लेभल एजेन्ट (बीएलए) मार्फत यस अभ्यासमा सक्रिय रूपमा भाग लिइरहेका छन्, जसले मतदाता नामावली संशोधन प्रक्रियामा पारदर्शिता, शुद्धता र जनसहभागितामा योगदान पुर्‍याइरहेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande