
नगाउँ (असम), 16 जून (हि.स.)। नगाउँ जिल्लाको बेबेजियास्थित एक नशामुक्ति केन्द्रमा भर्ती एकजना युवकको रहस्यमय परिस्थितिमा मृत्यु भएको घटनापछि खैलाबैला मचिएको छ।मृतकको पहिचान डिमौ निवासी भास्कर डेकाको रूपमा भएको छ।
आज प्राप्त जानकारी अनुसार भास्कर डेकालाई गत 11 जूनको दिन बेबेजियास्थित ‘डिभाइन अवेकनिङ्ग वेलनेस सोसाइटी’ नामक नशामुक्ति केन्द्र मा भर्ती गरिएको थियो। उपचारको क्रममा उनलाई संदिग्ध परिस्थितिमा मृत्त पाइयो।
घटनापछि मृतककी पत्नी वर्षा देवीले नशामुक्ति केन्द्रविरूद्ध बेबेजिया पुलिस चौकीमा प्राथमिकी दर्ता गराएकी छन्। उनले मामिलाको निष्पक्ष जाँच गर्ने माग गरेकी छन्।
परिवारको आरोप छ, भास्करा डेकाको शरीरभरि चोटका धेरै वटा निशानहरू पाइएको छ। उनीहरूको दाबी छ, युवकलाई फलामको उपकरणले कुटिएको थियो। उपचारको नामा उसित शारीरिक प्रताड़्ना गरियो।
परिवारले अझ आरोप लगायो, यसै कथित प्रताड़नाको कारणले भास्कर डेकाको मृत्यु भएको हो। पुलिसले सिकायतको आधारमा मामिला दर्ता गरी जाँच शुरू गरेको छ। घटनाले क्षेत्रमा सञ्चालित नशामुक्ति केन्द्रहरूको कार्यप्रणालीलाई लिएर गम्भीर प्रश्न उठाएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा