
नोएडा, 17 जून (हि.स.)। नोएडाको रबुपूरा थाना क्षेत्र स्थित सूर्या ग्लोबल फ्लेक्सी फिल्म कम्पनीमा काम गर्ने एक मजदुरलाई मार्ने नियतले त्यहाँ काम गर्ने दुई व्यक्तिले उनको प्राइभेट पार्टमा एयर पाइप हाले। हावाको चापका कारण उनको आन्द्रा फुटेर बाहिर निस्कियो। गम्भीर अवस्थामा उनलाई उपचारका लागि अस्पताल भर्ती गरियो। उनको अवस्था चिन्ताजनक रहेको छ। पुलिसले आरोपीहरूलाई पक्राउ गरेको छ।
थाना रबुपूराका प्रभारी निरीक्षक श्यामबाबु शुक्लाले हिजो राति धर्मेन्द्र सेङ्गरले रबुपूरा स्थित सूर्या ग्लोबल फ्लेक्सी फिल्म कम्पनीको प्लान्ट हेड भएको भन्दै प्रहरी चौकीमा उजुरी दिएको बताए। उनी अनुसार, कतिपयले ठेक्कामा सरसफाईको काम गर्छन्। उनकै ठाउँमा काम गर्ने समीर नाम गरेको युवकले झुकेर झाड़ लगाइऱहेको बेला त्यहाँ काम गर्ने दिलशाद र जिशानले ज्यान मार्ने नियतले समीरको मलद्वारमा एयर कम्प्रेसरको पाइप हाले। हावाको चापका कारण उनको आन्द्रा फुटेर बाहिर निस्कियो। उनलाई निकै गम्भीर अवस्थामा उपचारका लागि अस्पतालमा भर्ती गरिएको छ। पुलिसले घटनाको उजुरी दर्ता गरी अनुसन्धान गरिरहेको उनले बताए।
हिन्दुस्थान समाचार / भवानी थामी