
कोलकाता, 17 जून (हि.स.)। पश्चिम बङ्गालमा आद्रतापूर्वण प्रचण्ड गर्मीको सिलसिला लगातार कायम छ। मौसम विभागानुसार बुधवार राजधानी कोलकाता सहित दक्षिण बङ्गालका अधिकांश भागहरूमा मुख्य रूपमा आकाश सफा रहनको साथै चर्को घामले गर्दा मानिसहरूलाई प्रचण्ड गर्मीको सामना गर्नुपर्नेछ। अधिकतम तापमान 35-देखि 37 डिग्री सेल्सियसबीच रहने सम्भावना छ। हावामा नमीको स्तर अधिक भएको कारणले वास्तविक तापमानभन्दा अधिक गर्मी महसूस भइरहेको छ।
अलिपुरस्थित मौसम विज्ञान केन्द्रले अपरान्हको समयमा विशेष सतर्कता अप्नाउने सल्लाह मानिसहरूलाई दिएको छ। मौसम विभाग अनुसार बङ्गालको खाड़ीमा विकसित मौसमी दबावको कारणले आगामी दुई-तीन दिनभित्रमा राज्यको मौसममा ठूलो परिवर्तन देख्न पाइनेछ। यसको प्रभावले धेरै वटा क्षेत्रमा हावा-हुन्डरी तथा घना वर्षा हुने सम्भावना व्यक्त गरिएको छ। केही क्षेत्रहरूको लागि सतर्कता अलर्ट पनि जारी गरिएको छ।
मौसम वैज्ञानिकहरूको भनाइ छ, यस परिवर्तनपछि तापमानमा उल्लेखनीय ह्रास दर्ता गरिनको साथै पछिल्लो केही दिनदेखिको व्याप्त आद्रतापूर्ण गर्मीबाट पनि राहत पाइनेछ।
उत्तर बङ्गाल र दक्षिण बङ्गालको मौसममा हाल अन्तर देखिँदैछ।
उत्तर बङ्गालको कुचबिहार सहित वरपरका क्षेत्रहरूमा आंशिक रूपमा बादल लागेको छ। यहाँ आद्रताको स्तर 96 प्रतिशतसम्म पुगेको छ जसले गर्दा साँझ वा राती मेघ गर्जनसितै हल्का वर्षा हुने सम्भावना देखिएको छ।
दक्षिण बङ्गालका जिल्लाहरूमा दिनभरि मौसम शुष्क र गर्मी रहनेछ। तथापि स्थानीय स्तरमा गर्जिने बादल विकसित भएकोले कतिप स्थानमा हल्का वर्षा हुनसक्छ।
वरिष्ठ मौसम विशेषज्ञहरू अनुसार सप्ताहको अन्तसम्ममा मनसुनको सक्रियता तथा बङ्गालको खाड़ीमा बनिएको दबावको संयुक्त प्रभाव सम्पूर्ण राज्यमा देखिनेछ। यसले गर्दा पश्चिम बङ्गालका अधिकांश भागहरूमा व्यापक वर्षा हुने सम्भावना छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा