
गुवाहाटी, 17 जून (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भने, असम पुलिसले एक सफल मादक पदार्थ विरोधी अभियानमा सफलता हासिल गर्दै कार्बी आङ्गलोङ्ग जिल्लामा 3.049 किलोग्राम मर्फिन जफत गरेको छ जसको अनुमानित मूल्य लगभग तीन करोड़ रुपियाँ रहेको छ।
मुख्यमन्त्रीले एक सोशल मीडिया सन्देशमा बताए, मादक पदार्थको यो खेपलाई गुवाहाटीदेखि एउटा वाहनको माध्यमबाट लगिँदैथ्यो। पुलिसले वाहनलाई रोकेर जाँच गर्दा मर्फिन जफत गऱ्यो। यस मामिलामा एकजना तस्करलाई पक्राउ गरियो।
डा. सरमाले भने, असम पुलिसले नशालु पदार्थहरूको तस्करीविरूद्ध लगातार सतर्कता पूर्वक कारबाही गरिरहेको छ। उनले भने, राज्य सरकारको “असम अगेन्स्ट ड्रग्स” अभियान पूर्ण सशक्तताको साथमा जारी रहनेछ भने नशाको नेटवर्कलाई ध्वस्त बनाउनको लागि यस्तो अभियानहरू आगामी दिनमा पनि भइरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा