लखनऊमा माटोको कारोबारलाई लिएर गोलीबारी, दुई हिरासतमा
लखनऊमा माटोको कारोबारलाई लिएर गोलीबारी, दुई हिरासतमा


लखनऊ, 17 जून (हि.स.)। उत्तर प्रदेशको राजधानी लखनऊको सुशान्त गोल्फ सिटी थाना क्षेत्रमा गोली हानाहान र तोड़फोड़को घटनामा परिवारको उजुरीको आधारमा पुलिसले मुद्दा दर्ता गरेको छ। दुई जना अभियुक्तलाई हिरासतमा लिइएको छ र सोधपुछ भइरहेको छ।

सुशान्त गोल्फ सिटी थाना प्रभारी राजीव रञ्जन उपाध्यायले बताए, मंगलवार बरौना गाउँ स्थित विवेक सिंहको घरमा विपक्षी अभिषेक शर्मा र अन्य धेरैले ढुङ्गा प्रहार गरी गोली हानेका थिए। विवेक सिंहले दिएको उजुरीको आधारमा अभिषेक शर्मा, दुर्गेश कुमार र अन्य अज्ञात व्यक्तिहरू विरुद्ध मुद्दा दर्ता गरिएको छ। अनुसन्धानमा दुवै पक्ष इँटाभट्टामा माटोको काममा संलग्न रहेको र यो कामलाई लिएर विवाद भएको पत्ता लागेको छ।

पुलिसले घटनास्थलबाट कारतूसको खोखा जफत गरेको छ। सेवई गाउँका निवासी अभिषेक र सभाखेडा गाउँका निवासी दुर्गेशलाई हिरासतमा लिइएको छ र सोधपुछ भइरहेको छ। घटनामा प्रयोग गरिएको चार चक्के सवारी साधन जफत गरिएको छ। यस घटनामा अन्य अज्ञात संदिग्धहरूको पहिचान गर्न र पक्राउ गर्न पुलिस टोलीहरू खटाइएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande