
दार्जिलिङ, 25 जून (हि.स.)। दार्जिलिङको साउथफिल्ड कलेजमा छात्रावासको उद्घाटन गरिएको छ। साउथफिल्ड कलेजकी प्राचार्या डा. अनुराधा राईले छात्रावास भवनको सफल निर्माण कार्य सम्पन्न गर्न गोरखाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेशनका पूर्व प्रमुख कार्यकारी अनित थापा तथा सम्पूर्ण जीटीएका इन्जिनियरहरूको अथक प्रयास र महत्वपूर्ण योगदानप्रति हार्दिक कृतज्ञता व्यक्त गरिन्।
समारोहमा उपस्थित सहायक इन्जिनियर रुपेन प्रधान तथा सहायक इन्जिनियर अनुप दासप्रति पनि आभार व्यक्त गरियो। परियोजनाको सम्पूर्ण अवधिभर उनीहरूले प्रदान गरेका समर्पण र सहयोगका लागि साउथफिल्ड कलेज परिवारले हार्दिक धन्यवाद ज्ञापन गरेको छ।
डा. अनुराधा राईले यस परियोजनालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने कलेजका शिक्षक तथा गैर-शिक्षक कर्मचारीहरू, भवन निर्माण समिति तथा यसका संयोजक डा. महेश प्रदेशको सामूहिक प्रयास, सहकार्य र प्रतिबद्धताको पनि उच्च प्रशंसा गरिन्।
हिन्दुस्थान समाचार / हनोक