मङ्पुमा स्वास्थ्य सचेतना तथा छात्रवृत्ति कार्यक्रम सम्पन्न
Health camp at mungpoo


मङ्पू, 25 जून (हि.स.)। साईराम च्यारिटेबल ट्रस्ट कोलकोताले यस वर्ष पनि मङ्पूको एक शैक्षिक संस्थान डा. अम्बेदकर इन्स्टिच्युटलाई इन्भर्टर साथै अन्य सामाग्री प्रदान गरेको छ। यसैगरी, विद्यालय भवनमा स्वास्थ्य सचेतना तथा विद्यार्थी कल्याण सम्बन्धी कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रममा प्रसिद्ध मिर्गौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट) डा. पार्थ साराथी मुकरर्जी तथा समाजसेवी अमित मुखर्जीको उपस्थित थिए। उनीहरूले विद्यार्थीहरूसँग अन्तरक्रिया गर्दै स्वास्थ्य, शिक्षा र उज्ज्वल भविष्यका विषयमा महत्वपूर्ण जानकारी प्रदान गरे।

सोही अवसरमा डा. मुकरर्जीले विद्यालयका मेधावी तथा आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने घोषणा गरे। उक्त घोषणाप्रति विद्यालय परिवार तथा अभिभावकहरूले खुशी व्यक्त गरेका छन्। विद्यालयका प्रधानाध्यापकले अतिथिहरूप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई थप प्रेरणा मिल्ने बताएका छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande