राजेस चौहानले दिए जीटीएको डेपुटी चेयरम्यान र सभासद पदबाट राजीनामा
Rajesh Chauhan


दार्जिलिङ, 26 जून (हि.स.)। जीटीएका डेपुटी चेयरम्यान राजेस चौहानले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले जीटीएको डेपुटी चेयरम्यान साथै सभासदको पदबाट पनि राजीनामा दिएका छन्।

चौहानले आफ्नो राजीनामा पत्र जीटीएका मुख्य सचिवमार्फत जीटीए प्रमुखको नाम गरेर राजीनामा पत्र लेखेका छन्। विगत केही समय अघि जीटीएको प्रमुख कार्यपाल अनित थापाले जीटीए प्रमुखबाट राजीनामा दिएपछि जीटीएका सभासदहरुले पनि भटाभट राजीनामा दिन थालेका थिए।

यद्यपि, केही समय अघि जीटीएका 20 जना निर्वाचित सभासदहरुले बैठक गरेपछि अडकलबाजीहरूको चर्चा चुलिएर गएको थियो। ती 20 जना सभासदहरुमा जीटीएका डेपुटी चेयरम्यान राजेस चौहान पनि थिए। यस बीच शुक्रबार सभासद चौहानले पनि पदबाट राजीनामा दिएका छन्।

उनले भनेका छन्, 'जीटीए गठनको दिनदेखि हालसम्मका सबै भ्रष्टाचार, आर्थिक अनियमिता, सार्वजनिक कोषको दुरुपयोग र अनियमितता विषयमा निष्पक्ष र समयबद्ध जाँच होस्। जनताको आशा र अपेक्षा पूरा गर्न असफल भएको जीटीएलाई कानुनी प्रक्रिया अनुसार पश्चिम बंगाल सरकारले विघटन गरोस्। दार्जिलिङ, कालेबुङ, तराई र डुवर्सका जनताको दीर्घकालीन मागलाई सम्बोधन गर्न भारत सरकारले अनुच्छेद 3 अन्तर्गत गोर्खाल्याण्ड राज्य निर्माणका लागि उपयुक्त संवैधानिक कानूनी पहल गरियोस्।'

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande