
गान्तोक, 26 जून (हि.स.)। नाम्ची जिल्लाको लिङ्गमो निवासी एउटी महिला साइबर फ्रडको शिकार बनेकी छन्। अज्ञात व्यक्तिले पीडितको लगभग 35 हजार रूपियॉं ठगेको बताइएको छ।
पुलिस रिपोर्टमा उल्लेख गरिएअनुसार, घटना गत 24 जूनको हो। पीडित महिलालाई दुईवटा नम्बरबाट कल आयो। कल गर्ने व्यक्तिले महिलालाई उनको मोबाइल फोनमा एउटा महत्त्वपूर्ण एन्ड्रोइड सफ्टवेयर अपडेट भएको जानकारी दिए र फोन अटेन्ड गर्न लगाए। केही समयपछि महिलाको फोन स्वत: रिस्टार्ट भयो। त्यसपछि, उनले आफ्नो ब्याङ्क खाताबाट 34 हजार 999 रूपियॉं निकालेको म्यासेज प्राप्त गरिन्।
महिलाले आफु साइबर फ्रडको शिकार बनेको थाहा पाएपछि एनसीआरपी पोर्टलमार्फत शिकायत दर्ता गराइन्।
हिन्दुस्थान समाचार / बिशाल